बाढी पीडितहरुको घाउमा मलम लगाउदै पूर्व युवराज्ञी हिमानी


कृष्णउदास खनाल, वीरगन्ज । पूर्व युवराज्ञी बाढी पीडितहरुको चराएको घाउमा मलम लगाउनका लागि  मध्य तराईमा झर्नु भएको छ ।उहाँले बुधबार बारा र पर्साका बाढी पीडितहरुलाई राहत बितरण गर्नुभएको छ । हिमाली टष्ट मार्फत उहाँले राहत बितरण गर्नुभएको हो ।

बारा र पर्साका बाढी पिडितलाई राहत वितरण गर्न पुर्व युवराज्ञी हिमानी शाह सिमरा हुदै वीरगन्ज आइ ग्रामीण भेगमा पुगी पीडितहरुलाई राहत बितरण गर्नुभएको छ । हिमानीले पर्साको पोखरिया नगरपालिका सहितका बिभिन्न स्थानका पीडितहरुलाई राहत बितरण गर्नुभएको थियो । उहाँले २५० घरधुरीलाई त्रिपाल, चामल, दाल, तेल लगायतका खाद्यान्न वितरण गर्नुभएको उहाकी स्वकीय सचिव स्मिता सिंहले जानकारी दिनुभयो । पर्साको दुई सय पचास घरधुरीलाई राहत बितरण गरेर उहाँ बुधबार नै बाराको बिभिन्न स्थानमा राहत बितरणमा पुग्नु भएको सिंहले जानकारी दिनुभयो ।  उहाँले बाराको भलुही चोकमा २५० घरधुरीलाई राहत वितरण गर्नुभएको छ ।

पूर्व राज परिवारका सदस्य दुःख परेको बेलामा घर आंगनमा नै आएर राहत बितरण गरेको भन्दै स्थानीयहरुले हिमानी सहित राजसंस्थाको पनि जयजयकार गरेका थिए । उनीहरुले नेताहरुले भन्दा आफूहरुलाई राजाको सदस्यबाट नै सहयोग भएको भन्दै हिमानीको प्रशंसा समेत गरेका थिए । बिशेषगरी साउनको अन्तिम हप्ता परेको अबिरल बर्षाका कारण बारा र पर्साका नागरिकहरु बाढीबाट प्रत्यक्ष पीडित बनेका हुन् । पर्साको पोखरियामा आयोजित राहत बितरण कार्यक्रममा हिमानी  । तस्बिरःकृष्णउदास खनाल