तीजको मौलिक संस्कृति बचाउनुपर्छः राष्ट्रकवि



 

काठमाडौँ, २७ साउन । राष्ट्रकवि माधवप्रसाद घिमिरेले तीजको धार्मिक र सांस्कृतिक संस्कृतिको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।

पेशागत महासंघ नेपाल, महिला राष्ट्रिय समितिले आज हरितालिका तीज २०७४ को अवसर आयोजना गरेको कार्यक्रममा उहाँले तीजको मूल्यमान्यतालाई वैज्ञानिकीकरण गर्दै भावी पुस्तामा हस्तान्तरण गर्नुपर्र्नेमा जोड दिनुभयो ।

आफ्नी जीवनसंगिनी महाकालीसँगै कार्यक्रममा आउनुभएका राष्ट्रकवि घिमिरेले “तीज हाम्रो मौलिक संस्कृति, संरक्षण र पुस्तान्तरणका चुनौती” विषयको वक्तृत्वकला प्रतियोगिताका विजयीलाई पुरस्कार प्रदान गर्नुभयो ।

कार्यक्रममा महासंघका अध्यक्ष विश्वनाथ प्याकु¥यालले तीजका अवसरमा सम्पूर्ण श्रमिक महिलालाई शुभकामना दिनुभयो ।सो अवसरमा तीजविशेष मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम पनि गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्