चिकित्सा शिक्षा विधेयक समितिबाट पास, डा. केसीले अनसन तोड्लान ?



काठमाडौं । आज चिकित्सा शिक्षा विधेयक पास भएको छ । महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण समितिले चिकित्सा शिक्षा विधेयक पास गरेको हो । अब यो विधेयक छलफलका लागि संसदमा पेस गरिनेछ ।

समितिको आज शुक्रबारको बैठकले विधेयक पास गर्दै अनशनरत डा. गोविन्द केसीलाई अनसन तोड्न आग्रह समेत गरेको छ ।

डा. केसी चिकित्सा शिक्षा विधेयक पास गर्नुपर्ने लगायतका माग राख्दै अनसन बसेको १९ दिन पुगेपछि यसमा व्यापक दवाव परेको छ ।
अब सरकार र डा. केसीका प्रतिनिधिबीच वार्ता हुने बताइएको । विधेयक पास भए पनि अन्य मागका विषयमा वार्तामा छलफल हुने स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्