दुईदिन देखि परेको अबिरल बर्षाले झापामा डुवान



भद्रपुर(ने.स) । दुईदिन देखि परेको अबिरल बर्षाका कारण झापामा एक हजार घरपरिवार उच्च जोखिममा रहेको पाइएको छ ।वर्षाले जिल्लाको जनजिवन थप प्रभावित बनेको छ । बर्षाका कारण झापाका नदी आसपासका घरपरिवारलाई उच्च सतर्कता अपाउन नेपाल रेडक्रस सोसाइटी जिल्ला विपद् व्यवस्थापन शाखाले आग्रह गरेको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिले दिएको जानकारी अनुसार झापामा ९ घरपरिवार बाढीले विस्थापित भएका छन् ।

झापा गाउपालिका वडा ७ र खजुरगाछी गाउपालिका साविक कोरोबारी ५ का ९ घरपरिवारलाई सुरक्षित स्थानतर्फ सारिएको जनाएको छ । त्यस्तै भद्रपुर ३ स्थित भैसाबाडीमा २ सय ८० घरपरिवार डुवानमा परेका छन् । भद्रपुर ५ स्थित मेचीकिनारमा ४० बढी घरमा पानी पसेको जनाइएको छ । शुक्रवार विहान ५ बजे मेची नदिमा पानी बढेपछि भैसावाडी र मेचीकिनारका घर डुवानमा परेका छन् । त्यस्तै मेचीनगर नगरपालिका– १५ स्थित सेडाइ बस्तीमा निन्दा खोलामा आएको बाढीले जमिन कटान गर्दा ४५ घरपरिवार जोखिमा रहेका छन् ।

त्यसैगरी शिवसताक्षी नगरपालिका ६ स्थित कनकाईले बाध भत्काएकोले नदी आसपासका घरपरिवार विस्थापित हुने अवस्थामा पुगेको जनाइएको छ । नदीले खेतीयोग्य जमिन कटान समेत गरिरहेको छ । हालसम्म झापामा कुनै मानविय क्षति नभएपनि नदी किनार आसपासका घरपरिवार उच्च जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए । वर्षाले जिल्लाका विभिन्न नदी÷खोलामा आएको बाढीले जमिन कटान गरेर बस्तीमा पानी पस्न थालेकोले सर्तक अपाउन सबैलाई आग्रह गरिसकेको उनले जनाए ।
झापाको कनकाई, मेची, विरिङ्ग, कमल, निन्दा, रतुवा, देउनीया, हडिया लगायतको नदीमा पानीको बहाव उच्च रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्