जात्रामा रोपाईं र द्वन्द्वको झलकजात्रामा रोपाईं र द्वन्द्वको झलक



हेटौंडा, (नेस) । मकवानपुरको थाहानगरमा नेवार समुदायले परम्परादेखि मनाउ“दै आएको ‘हिलेजात्रा’बिहीबार मनाइएको छ । हरेक वर्ष जनकल्याण माविको प्रांगणमा जात्रालाग्ने गर्दछ ।

जात्रामापालुङ, देउला बस्ती, ओखरबजार र गोपालीगाउ“का नेवार समुदायले रोचकमानिने लाखे नाचपनिप्रदर्शन गरेकाथिए ।

जात्रामा स्थानीय नेवार समुदायकामानिसले अभिनयबाट रोपाईंको झलक देखाएकाथिए । धान खेतीगरि“दै आएको थाहानगरको टिष्टुङ/पालुङ क्षेत्रमाधान रोपेर सकेपछि फुर्सदमा नेवार समुदायले रोपाईंको अभिनय गरेर मनोरञ्जन लिने गर्दछन् ।

किम्बदन्तीअनुसार पौराणिककालमा देवता र दानवबीच युद्ध हु“दा देवताको विजयभएको खुशीयालीमाहिले जात्राको शुरुवातगरिएको हो । महादेव र देवासुरबीचमहासंग्रामभएको र अन्त्यमा देवासुरले भाद्र कृष्ण द्वितीयाकादिन घु“डा टेकेकाले सोहीदिनलाई आधार मानीजात्रामनाउन शुरु गरिएको बुढापाका बताउ“छन् ।

जात्राको अवसरमा नेवार समुदायले देवता र दैत्य युद्धलाई अभिनयका माध्यमबाट देखाइएको थियो । यस किसिमको जात्राले नेवार समुदायका एक आपसमा सम्वन्धबलियो हुने स्थानीय सुजन गोपालीले बताए । नगर आसपासकागाउ“सहित काठमाडौं र धादिङलगायत जिल्लाबाट पनिमानिसहरु जात्रामा सहभागीथिए ।

प्रतिक्रिया दिनुहोस्