आफ्नै काकी बलात्कार गर्ने माओवादी नेता पक्राऊ

0
Shares

सल्यान । आफ्नै काकी बलात्कार गरेको आरोपमा सल्यानको ढोरचौर गाउपालिकाका वडा नम्वर २ का निर्वाचित सदस्य धनेशकुमार चलाउने पक्राऊ परेका छन् ।

चलाउनेलाई काकीलाई बलात्कार गरेको आरोपमा साउन ६ गते पक्राऊ गरिएको सल्यान प्रहरी प्रमुख श्यामबहादुर खत्रीले जानकारी दिए । ती बलात्कत महिला चलाउनेको घरमा डेरा गरेर बस्दै आएकी थिइन । घरमा कोही नभएको अबस्थामा साउन ३ गते राती चलाउनेले नाताले काकी पर्ने महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कारको आरोपमा पक्राऊ परेका चलाउने बैशाख ३१ गते सम्पन्न स्थानिय तह पहिलो चरणको निर्बाचनमा माओबादी केन्द्रबाट निर्बाचित वडा सदस्य हुन ।