स्प्राइटद्वारा प्रोमो अभियानका विजेता घोषणा

0
Shares

 

काठमाडौं, (नेस)
कोका–कोला नेपालले जेठ २७ गतेदेखि घोषणा गरेको नयाँ प्रोमो यहि साउन १४ गतेसम्म सञ्चालन हुनेछ। यो प्रोमोअन्तर्गत हरेक घण्टा १ सामसुङ ग्यालेक्सी जेटु प्रोलगायतका उपहार जित्ने सकिने कम्पनीले जनाएको छ।

प्रत्येक दिन ८ घण्टासम्म, सामसुङ ग्यालेक्सी जेटु प्रो जित्ने विजेताको नाम घोषणा हँुदै आइरहेको छ। शुक्रबारसम्म तीन सयभन्दा विजेताले सामसुङको ग्यालेक्सी जे टु प्रो जितिसकेका छन््।

यो अफरमा सहभागी हुनको लागि ग्राहकले लेवल पछाडिको युनिक कोडलाई एसपी स्पेस युनिक कोड टाइप गरी ३७७२२ मा एसएमएस गर्नुपर्नेछ। प्रत्येक दिन बिहान ११ बजेदेखि बेलुका ७ बजेसम्म लक्की ड्र गरी हरेक घण्टा १ विजेता छानिने कम्पनीको भनाइ छ। ५०० एमएल, डेढ लिटर र साढे दुई लिटर स्प्राईटका साथै कोक–कोला र फ्यान्टाको खरिदमा उपहार योजनामा सहभागी हुन सकिने कम्पनीले जनाएको छ।