बनेपामा भानुभक्त स्मृतिसभा


 

बनेपा। जनमत साहित्य बाटिकाको आयोजनामा २०४ औं भानुभक्त आचार्य स्मृतिसभाको प्रमुख अतिथि नेपाली शिक्षा परिषद्की सदस्य सचिव श्रीमती रमा शर्माले पानसमा दीप प्रज्वलन र भानुभक्त आचार्यको फोटोमा माल्यार्पण गर्न ुका साथै चिरञ्जीवी माकजुकृत काव्य ‘जीवनः जन र जगत’ र हरिप्रसाद चौलागाईंका ‘बिर्सिएका पाइलाहरु’ लोकार्पण गर्नुभयो। कार्यक्रममा स्वागत मन्तव्य दिँदै जनमत साहित्य बाटिकाका संरक्षक मोहन दुवालले बाटिकाबाट भए–गरेका साहित्यिक कार्यक्रमहरुको जानकारी दिनुभएको उक्त साहित्यिक कार्यक्रममा लोकार्पित पुस्तकहरुका बारेमा चिरञ्जीवी माकजुकृत काव्य ‘जीवनः जन र जगत’ बारे रामसुन्दर देउजा र हरिप्रसाद चौलागाईंका ‘बिर्सिएका पाइलाहरु’ बारे शारदाप्रसाद शर्माबाट टिप्पणी गर्नुभएको थियो।

सभामा अतिथि साहित्यकारहरु लगायत काभ्रे जिल्लाका नयाँ–पुराना पुस्ताका कविहरु डा. बमबहादुर थापा जिताली, आशुकवि रमेश खकुरेल, समाजसेवी किरण थापासहित प्रशिद्ध कवि रामबहादुर पहाडी, वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी, कृष्णकुमार वैद्य, ज्ञानु दाहाल, सोमकाजी शाक्य, ओतबहादुर खड्का, तुयुकाजी ताम्राकार, ध्रुवकृष्ण ताम्राकार, नवराज दाहाल उत्साही, रवीन्द्रनाथ कर्माचार्य, दियेशरत्न शाक्य, सूर्यभक्त कर्माचार्य, सुभद्रा दाहाल, ब्रह्मप्रिय पे्रमस्वरुप, चतुर्भुज तिमल्सिना, कमला कायस्थ, गोविन्दबहादुर थापा, हरिप्रसाद चौलागाईं, रामहरि न्यौपाने र अन्त्यमा भारद्वाज मित्रसमेतले आ–आफ्नो कविता पाठ गर्नुभएको थियो। प्रसिद्ध लोकगायक मच्छेश्वर सापकोटा, सरस्वती सापकोटा, रामहरि न्यौपानेले गीत गायन गरेर कार्यक्रममा रोचकता थप्नुभएको थियो। अन्त्यमा जनमत साहित्य बाटिकाका संयोजक तथा सभाका सभापति सूर्यप्रसाद लाकोजूले मन्तव्यको क्रममा जनमतको साहित्यिक अभियान देश–विदेशमा व्याप्त हुँदै गएको र यसको छहारीमा हुर्किन पाउँदा गौरव महसुस भएको विचार व्यक्त गर्नुभयो।