बल्ल भयो डोटी खुल्ला दिशामुक्त क्षेत्र घोषणा

0
Shares

विमल विष्ट, डोटी ।
सुदूरपश्चिमको पहाडी जिल्ला डोटीलाई बुधबार औपचारिक कार्यक्रमको आयोजना गरी ४० औं जिल्लाको रुपमा डोटी खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । सांस्कृतिक झा“की र ¥याली सहित सरोकारवालाहरुको सहभागितामा भव्य कार्यक्रमको आयोजना गरी खुल्ला दिशामुक्त जिल्ला घोषणा भएको हो ।

उच्च अदालत दिपायलका माननिय मुख्य न्यायाधिश प्रकाश ढुङ्गानाले एक कार्यक्रमका बिच जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्नु भएको हो ।

 

राष्ट्रिय सरसफाई रणनीति २०१० अनुसार सन २०१७ सम्ममा राष्ट्रलाई खुल्ला दिशामुक्त राष्ट्र घोषणा गरिसक्नु पर्ने व्यवस्था अनुरुप जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको जिल्ला समन्व्य समिति डोटीका कार्यक्रम अधिकृत टेकबहादुर खड्काले जानकारी दिनु भयो ।

डोटी जिल्लामा सन २०११ मा तयार भएको पा“च बर्षे खानेपानी, स्वास्थ्य तथा सरसफाई रणनीति अनुसार जिल्लालाई सन २०१५ सम्ममा खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिसक्नु पर्ने थियो तर साबिकका गाउ“ बिकास समिति र दिपायल सिलगढी नगरपालिका तोकिएकै समयमा खुला दिशामुक्त क्षेत्र घोषणा हुन नसक्दा रणनीति अनुसार काम हुन सकेन ।

यस अघि जिल्लालाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्न पटक पटक मिति तोकिएको भएपनि असफल भएको थियो । साबिकका ५० गाबिस र एक नगरपालिका यसअघिनै खुल्ला दिशामुक्त जिल्ला घोषणा भईसकेका छन ।

कार्यक्रममा जिल्लाको सरसफाई प्रतिबेदन प्रस्तुत गर्दै क्षेत्रीय अनुगमन तथा सुररिबेक्षण कार्यालय दिपायल राजपुरका ईन्जिनियर तथा जिल्ला खानेपानी, स्वास्थ्य तथा सरसफाई समन्वय समितिका सदस्य सचिव रमेश मण्डलले जिल्लाका शत प्रतिशत घरधुरीमा शौचालयको व्यबस्था भएको बताउनु भयो ।

उहाँले ९८ प्रतिशतले आफ्नै चर्पी बनाएको र दुई प्रतिशतले साझा शौचालय प्रयोग गर्ने गरेको बताउदै उहाँले थप भन्नु भयो ‘निर्माण भएका शौचालयहरुमा ९८ प्रतिशत सुधारिएका शौचालय छन्,दुई प्रतिशत शौचालय मात्रै पनि कच्ची छन् ।’
जिल्लाका ८८ प्रतिशत जनसंख्यालाई आधारभुत खानेपानीको पहु“च पुगेको भएपनि दिगो र सुरक्षित खानेपानीको व्यवस्थापनमा ध्यान दिनु पर्ने कुरा घोषणा कार्यक्रममा औल्याईएको थियो । डोटीका बजार क्षेत्रको सरसफाईका लागि व्यवस्थापन समितिहरु गठन भई सक्रिय रहेको समेत कार्यक्रममा जानकारी गराईएको थियो । डोटीका समुदायमा स्वास्थ्य सरसफाईबारे जनचेतनाको कमी रहनु, महिनावारीको बेला शौचालयको प्रयोग कम हुनु, बस्तुभाउको मलमुत्रको व्यवस्थापन नहुनु, बजार क्षेत्रको फोहोर मैलाको व्यवस्थापन नहुनुलाई सरसफाई क्षेत्रको चनौतीका रुपमा लिईएको छ ।