“एमालेले बढार्छ”

0
Shares

 

गुल्मी, (नेस)
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरू पार्टीलाई कुचोले बढार्ने कुचो एमालेको हातमा रहेको बताउनुभएको छ।

नेकपा एमाले, रेसुङा नगरपालिका गुल्मीको विजयी सभालाई सम्बोधन गर्दै सत्तापक्षले प्रदेश नम्बर २ को निर्वाचनमा एमाले बढार्ने भनेको सन्र्दभमा अब कोको बढारिन्छन् उनीहरूलाई बढार्ने कुचो एमालेको हातका रहेको बताउनुभयो।
दोस्रो चरणको निर्वाचनमा पनि एमालेको पक्षमा बलियो बहुमत आएकाले सत्ता पक्ष सल्बलाइरहेको दाबी गर्नुभयो। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले रेसुङ्गा नगरपालिकामा सचेत जनता भएकाले एमालेलाई जिताएको बताउनुभयो। उहाँले यस क्षेत्रको विकासका लागि आर्थिक अभाव नहुने र विकासमा कुनै पनि कम नगर्न उम्मेदवारलाई सुझाव दिनुभयो।