प्रधानन्यायाधीशमा पराजुली सिफारिस


 

काठमाडौं, (नेस)
संवैधानिक परिषद्ले सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ। संवैधानिक परिषद्को बिहीबार बसेको बैठकले पराजुलीलाई प्रधानन्यायाधीशमा सर्वसम्मत रूपमा सिफारिस गरेको हो। एक साताअघि बसेको बैठकमा प्रमुख विपक्षी दलका नेता केपी शर्मा अ‍ोलीले समय मागेपछि उहाँको नाम सिफारिस हुन सकेको थिएन। अब संसदीय सुनुवाइपछि पराजुली प्रधानन्यायाधीशमा नियुक्त हुनुहुनेभएको छ।