चुनावी प्रचारप्रसारमा रहेको गाडीमा बम प्रहार, ६ जना घाइते



नवलपरासी (नेस) ।
नवलपरासीको सुनवलमा चुनावी प्रचारप्रसारमा हिडेको गाडीमा आइतबार दिउँसो बम प्रहार भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनवल–३ मा रहेको नदुवा सोमनाथ बाबा पुल नजिकै बम प्रहार भएको हो ।

नेकपा माओवादी केन्द्रको चुनाव प्रचारको र्यालीमा हिँडेको लु १ ख ६७७३ नम्बरको गाडीमा बम प्रहार हुँदा ६ जना घाइते भएका छन् । घाइते हुनेमा चालक नरबहादुर विक, सुनवल–१२ का मिना चौधरी, १४ वर्षे श्रीकान्त केवट, ४६ वर्षका फूलकुमारी कडरिया, होम नारायण चौधरी सामान्य घाइते र ४५ वर्षका बेलाकुमारी कडहरिया गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइतेको लुम्बिनी मेडिकल कलेज बुटवलमा उपचार भइरहेको छ ।

बम प्रहार गर्ने को कुन भन्ने अझै सम्म पनि नखुलेको प्रहरीले जनाएको छ साथै घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्