निर्वाचनको अन्तिम प्रचारप्रसार आजसम्म, मध्यरातदेखि मौन अवधि



काठमाडौँ (नेस) ।
आगामी असार १४ गतेको लागि तय भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धामा रहेका उम्मेदवारहरुले गर्ने प्रचारप्रसारको आज अन्तिम दिन भनिएको छ ।

निर्वाचन आचारसंहिताका कारण आइतबार मध्यरातबाट उम्मेद्वारले प्रचारप्रसार गर्न पाउने छैनन्। आइतबार मध्यरातदेखि नै मौन अवधि सुरु हुँदैछ।

प्रमुख दलका शीर्ष नेतासहितका उम्मेदवार आज अन्तिम चुनाबी सभारसम्मेलनलाई सम्वोधन गर्दैछन्। राजनीतिक दलका शीर्ष नेताहरु पनि आ आफ्ना गृहजिल्लामा चुनावी प्रचारप्रसारमा व्यस्त छन ।

निर्वाचन आचारसंहिता अनुसार बिहीबार मध्यरातदेखि मतदातालाई प्रभावित पार्ने र प्रचारका कुनै पनि काम उम्मेद्वारले गर्न पाउँदैनन्।

मौन अवधि सन्चार माध्यमहरुलाई पनि लागू हुन्छ । यस अवधिमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारलाई भोट माग्दै विज्ञापन वा सन्देश प्रकाश प्रसारण गर्न रोक लगाइएको छ ।

त्यस्तै सामाजिक सञ्जाल फेसबुक, ट्विटर लगायतमा समेत मौन अवधिमा प्रचार प्रसार गर्न निर्वाचन आयोगले रोक लगाएको छ ।

त्यस्तै दलका उम्मेद्वारहरुले राजनीति दलको चिन्ह अंकित टिसर्ट, टोपी र स्टीकर प्रयोग गर्न समेत पाउनेछैनन्।

 

प्रतिक्रिया दिनुहोस्