“संविधानको कार्यान्वयन कांग्रेसकै नेतृत्वमा”

0
Shares

 

नेपाल समाचारपत्र
बैतडी
नेपाली कांग्रेसका युवा नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसको नेतृत्वमा संविधान बनेको र संविधानको कार्यान्वयन पनि नेपाली कांग्रेसकै नेतृत्वमा हुने बताउनुभएको छ। शनिबार बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाडौंमा नेपाली कांग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता थापाले कांग्रेस सबैलाई देशमा शान्ति र स्थिरता कायम गर्ने पार्टी भएको बताउनुभएको हो।

नेपाल विभिन्न भाषभाषी र जातजातिको देश भएकाले अनेकतामा एकता खोजेर अघि बढ्ने पार्टी नेपाली कांग्रेस मात्रै भएको दाबी गर्नुभएको छ। उहाँले भन्नुभयो– ‘नेपाली कांग्रेस कुनै क्षेत्र विशेषको विरोधी पार्टी होइन यो समग्र नेपाललाई एकसत्रमा बाँध्ने पार्टी हो।’

नेपाली कांग्रेसका शत्रु भनेको गरिबी र बेरोजगारी भएकाले यसको अन्त्यका लागि नेपाली कांग्रेसको जित आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको छ। गरिबी र बेरोजगारीको अन्त्यका लागि कांग्रेसको जित आवश्यक छ। उहाँले भन्नुभयो– ‘नेपाली कांग्रेस सबै जनता सुखी र खुसी भएका देख्न चाहन्छ, यसका लागि गरिब र बेरोजगारी अन्त्य हुनु आवश्यक छ।’

चुनावी सभालाई सम्बोधन गर्दै नेता थापाले कांग्रेसलाई भोट दिनुभयो भने मात्रै देशले निकास पाउने र देशमा देखिएको विद्यमान समस्या समाधानका लागि कांग्रेसलाई भोट दिन सबैमा आग्रह गर्नुभएको छ।

Skip This