एसईईमा लापरबाही,एउटाको जाँच, अर्कैको नतिजा


नेपाल समाचारपत्र,भक्तपुर
परीक्षा नियन्त्रण कार्यालयको लापरबाहीका कारण उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी अप्ठेरोमा परेका छन्।

कार्यालयले असार २ गते सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा विषय परिवर्तन भएर नतिजा आएपछि सच्याउन जानेको भीड लागेको छ।

भक्तपुरको कमलविनायकस्थित मनकामना इंग्लिस सेकेन्डरी स्कुलका विद्यार्थीले आफूले नपढेको र परीक्षा नदिएको विषयको नतिजा आएको आरोप लगाएका छन्।

यस विद्यालयबाट एसईई परीक्षा दिएका सिनं ०२८४५६४ ‘त’का सन्देश साङ्मी, सिनं ०२८४५६५ ‘ग’का सृष्टि शाक्य र सिनं ०२८४५६६ ‘ख’का सीतारा तजलेको यस्तो नतिजा आएको विद्यालयले जनाएको छ।

परीक्षा दिएको भन्दा फरक विषयको नतिजा आएपछि विद्यार्थीहरू आश्चर्यचकित भएका छन्।