कागवेनी–मुक्तिनाथ सडक बन्द गरिने

0
Shares

नेपाल समाचारपत्र
पर्वत
धार्मिक तथा पर्यटकीय गन्तव्य मुस्ताङको मुक्तिनाथ रानीपौवा जोड्ने कागबेनी—मुक्तिनाथ सडक कालोपत्रे गर्नका लागि दुई महिना बन्द गरिने भएको छ। कागबेनीदेखि रानीपौवासम्म करिब १२ किलोमिटर सडक कालोपत्रेका लागि बन्द गर्न लागिएको हो।

आगामी सोमबारदेखि कालोपत्रे गरिने भएकाले सवारी आवागमनका लागि बन्द गर्न लागिएको जिल्ला समन्वय समिति मुस्ताङले जनाएको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङमा बसेको सर्वपक्ष्ीाय बैठकले सडक सञ्चालन गरेर कालोपत्रे गर्न गर्न कठिन भएकाले सो अवधिभर बन्द गर्ने सहमति भएको जिल्ला इन्जिनियर रवीन्द्र तिवारीले जानकारी दिनुभयो।

मुुक्तिनाथ जाने तीर्थालु र पर्यटकका लागि वैकल्पिकमार्ग झोङ पुटाक सडकलाई सामान्य स्तरोन्नती गरेर सवारी आवगमन सहज बनाइने तिवारीले बताउनुभयो।

तीन दिनभित्र वैकल्पिक झोङ सडकको स्तरोन्नती गरेर यातायात सुचारु गर्ने गरिन्छ। ‘डेढ महिनाभित्र कालोपत्रेको काम सक्ने लक्ष्य राखिएको छ।’ तिवारीले भन्नुभयो–‘कालोपत्रे नसकिएसम्म सवारी आवगमन रोकेर काम अगाडि बढाइने छ।’ वर्षातको समय कालोपत्रे मौसम अनुकुल नभए पनि मुस्ताङको मौसममा तापक्रम बढी र पानी नपर्ने भएकाले कालोपत्रे गर्न सहज हुन्छ।

कालोपत्रेका लागि कंक्रिट र अलकत्रका समिश्रणका लागि कम्तिमा १६ डिग्री तापक्रम आवश्यक पर्ने र कालोपत्रे बिच्छ्याईसकेको अवस्थामा १६५ डिग्री तापक्रम जरुरत पर्ने इन्जिनियर तिवारीले बताउनुभयो।

ग्रामीण पुनर्निर्माण तथा पुर्नस्थापना आयोजना डोलिडारको सहयोगमा सडकको निमार्णकार्य २ वर्षअघि शुरू गरिएको हो। डोलिडारले उक्त सडक कालोपत्रेका लागि दुई खण्ड गरी करिब २० करोड रुपियाँ लगानी गरेको छ। प्राविधिक कार्यालयका अनुसार दशंै अगावै सम्पूर्ण निमार्ण कार्य सकिने जनाएको छ।