पुर्ण सरसफाईको कार्यक्रम अझै कम्तीमा एक बर्ष थप गर्नुपर्ने

0
Shares

धनवीर दाहाल,रुकुम ।
ग्रामिण खानेपानी तथा सरसफाई कोष विकास समिती फण्डबोर्डको आर्थिक सहयोगमा रुकुमका साविकका रुकुमकोट, कोटजहारी र खोलागाँउमा कम्तीमा एक बर्ष कार्यक्रमलाई निरन्तरता दिन जिल्ला खानेपानी सरसफाई स्वच्छता समन्वय समिती र गाँउ स्तरको खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितीले अनुरोध गरेका छन् ।

स्थानीय तहको निबार्चनको कारण र स्थानीय तह पुर्नसंरचनाकाको कारण अझै कामलाई निरन्तरता दिनुपर्ने भएकोले जिल्लालाई सन् २०२० भित्र पुर्ण सरसफाई जिल्ला निमार्ण गर्ने योजनालाई थप टेवा पुग्ने भएकोले फण्डबोर्डको अझै सहयोगको अपेक्षा गरिएको छ ।

छिमेकी संगठन नेपाल तथा ग्रामिण आधारभुत विकास परियोजनाको संयृुक्त साझेदारीमा रुकुमका साविकका खोलागाँउ, रुकुमकोट र कोटजहारीमा कार्यक्रम सञ्चाल भइरहेको छ ।

गत बैसाखमै ति गाविसहरु पुर्ण सरसफाई गाबिस घोषणा गर्ने गरी कार्ययोजना तयार भएर कामले तिब्रता पाएको भएपनि स्थानीय तहको पुर्नसंरचना र निबार्चनको कारण कार्यक्रम थप गर्नै पर्ने अवस्था आएको स्थानीयको माग छ ।

जिल्ला स्तरको अनुगमन टोलीले र गाविस स्तरको अनुगमन टोलीले गरेको अनुगमन गर्दा सरसफाईका सबै सुचकहरु पुरा गर्ने चरणमा रहेको भेटिएको र केही चुनौतीहरु पनि रहेकोले अझै कार्यक्रमले निरन्तरता पाउनुपर्ने स्थानीय विकास अधिकारी नरेन्द्रकुमार रानाले बताउनुभयो ।

अनुमगन रिपोर्टका आधारमा फण्डबोर्डले निर्णय गर्न सक्ने संभावना रहेको नियो नेपालका टिम लिडर मदन थापाले बताउनुभयो ।

सिस्ने गाँउपालिका र भुमे गाँउपालिकाका अन्र्तगत साविकको रुकुमकोट गाबिस र चौरजहारी नगरपालिका अन्र्तगत साबिकको खोलागाँउ र कोटजहारी गाविसमा गत बर्षदेखी पुर्ण सरसफाईको काम भइरहेको छ ।

फण्डबोर्ड, छिमेकी संगठन नेपाल तथा ग्रामिण आधारभुत विकास परियोजनाले खानेपानी आयोजनाका साथै पुर्ण सरसफाईका बिभिन्न अभियानहरु सञ्चालन गरिरहेका छन् ।

सरसफाई उत्प्रेरकहरु परिचालन गरेर ति स्थानहरुमा सरसफाईका सुचकहरुबारे कक्षा सञ्चालन पनि भइरहेका छन् ।