पाहुना बनेर चोरी



सन्तोष अधिकारी,गोरखा

बुधबार साँझ अजिरकोट गाउँपालिका ३ काफलडाँडा स्थित अमृत परियारको घरमा एक जोडी बास माग्दै आयो ।

चिनजान पछि उनीहरु आफन्त पर्ने रहेछन् । चिनजान पछि उनीहरु अमृतकै घरमा बस्ने पक्का भयो । त्यो साँझ खाना पनि अमृतकै परिवार सँगै पाहुना जोडी दिपा र रावल परियारले पनि सँगै खाए ।

भोलीपल्ट विहान पनि सबैले सँगै खान खाए । अमृतका परिवार असार लागेकोले खेत रोपाईँमा निस्के । पाहुना जोडी पनि निस्किएर गए । खेत रोपाईँमा दिउँसो २ बजे खाजा लिनका लागि अृमतकी छोरी घर आउँदा घरको ढोका, दराज सबैको साँचो काटेर सामानहरु अलपत्र अबस्थामा देखियो ।

‘असारको महिना परिवार सबै खेतमा थियौँ’ अमृत परियारले भने ‘दिउँसो २ बजे छोरी खाजा लिन भनेर घरमा जाँदा घरको ढोको ताल्चा सबै फोडिएको, भित्र रहेको दराज फुटाईको रहेछ ।

त्यस्तो भएपछि छोरीले खबर गरी । हामी सबै रोपाईँ छोडेरै घरमा आएको सबै सामानहरु पनि छरपस्ट थियो ।’ अमृतका परियारले तिनै पाहुना हुन आएकी दिपाको बारेमा यस अघि पनि विभिन्न घटनाहरु सुन्ने गरेको रहेछ ।

‘घर चोरी भयो भन्ने वित्तिकै त्यै दिपामा मेरो ध्यान गयो । पहिल्यै देखि तिनी फटहा नै थिईन’ अमृतले भने ‘प्रहरीकोमा पनि खबर गरेँ । प्रहरीलाई यस्तो यस्तो मान्छेलाई संका लागेको छ भनेर भनेको मात्र के थिएँ ।

प्रहरीले त्यै दिपाको फोटो देखायो । गाउँका मानिस सबै जम्मा भएका थिए ।’ आफ्नै घर अजिरकोट गाऊँपालिकाको खरिबोटमा बुबा एक लाख रुपैँया चोरी गरेर फरार भएको उजुरी परेकोले प्रहरीले उनलाई खोजिको सूचिमा समेत छिन् ।

अमृतको घर फोडेर दिपाको जोडीले ल्यापटप, सुनको तिलहरी, सुनकै जन्तर र अन्य लत्ताकपडा चोरी गरेका हुन् । भच्चेक प्रहरी चौकीका प्रमुख हवल्दार प्रकाश भूजेलका अनुसार तिनीहरु घर चोरी गरिसकेपछि लम्जुङको बाटो भएर भागेको हुन सक्ने बताए ।

‘अमृत जी ले भने अनुसार मैले दिपाको फोटो देखाएँ’ हवल्दार भूजेलले भने ‘अृमत जी र गाउँका अन्य मानिसहरुले पनि तिनै दिपा अमृतको घरमा आएको ।

अमृतजीहरु मेलामा निस्केको बेला आफु पनि निस्केर गएको जस्तो गरेर फेरी घर फुटाएर सामान चोरेको अनुसन्धानबाट पक्ता लागेको छ । दिपालाई आफ्नै बाबु शेरबहादुरले एक लाख रुपैँया चोरेर भागेकोले उजुरी गर्नु भएको छ ।’

 

प्रतिक्रिया दिनुहोस्