वुद्धचित्तको विवाद चरम उत्कर्षमा, त्रिपक्षीय भिडन्तको तयारी

28
Shares

काभ्रे(नेस) ।
काभ्रेको रोशी भेगमा रहेको एउटा वुद्धचित्तको रुखको फल आज टिपिएको छ । यो फल टिपिए संगै यहाँ त्रिपक्षिय भिड्न्त हुने सम्भावना बढेको छ ।

सबै पक्षले आ आफ्नो दाबी गर्दै सयौं केटाहरु थुपारेका छन् । प्रहरी प्रशासनले समेत यहा निगरानी बढाएको छ ।

रोशी गाउपालिका ५ साबिक शिसाखानी गाविस ३ नगवेलीमा रहेको वीर वहादुर तामाङको एउटा रुखमा फलेको वुद्धचित्तको फल टिप्ने बारेमा विजयकुमार गचछेदारले नेतृत्व गरेको पार्टीका केन्द्रिय सदस्य गणेश लामा, दवाञ्जु लामा (वाङ), वुद्धचित्त व्यपारी सत्यमान लामा तथा विप्लव माओबादी निकटका समुह वीच द्धन्द्ध उत्पन्न भएको छ ।

विगत केहि वर्ष देखि नै वीरवहादुर तामाङको एउटा रुखमा फलेको वुद्धचित्तको फल बापत वाङ ले करारनामा गरि लिएका थिए । वाङले लिएपनि वुद्धचित्तका स्थानिय ठेकेदार सत्यमान लामाले विप्लव माओबादीसंग मिलेर उक्त वुद्धचिक्तको फल आफुले लिदै आएको आरोप छ ।

गतवर्ष ८० लाख रुपैयामा दवाञ्जु लामा (वाङ) ले खरिद गरेको बुद्धचित्त सत्यमानलामालाई विक्रि गरेपनि अझै पैशा नपाएको गुनासो गरेका छन् ।

वुद्धचित्त रुखको धनी वीरवहादुरको श्रीमति ठकुरानी तामाङसंग वाङले ०७२ साल असार १४ गते गरेको करारनामा अनुसार ०७४ साल भाद्र मसान्त सम्मको फल टिप्न पाउने उल्लेख छ । करार अनुसार यो वर्ष पनि वाङले ८० लाखमा उक्त फल टिप्न पाउनुपर्ने दाबी गरेका छन् ।

यता गणेशलामा समुहले ५५ लाख रुपैया ठकुरानीले लगिसकेको भनेर सो वुद्धचिक्त आफ्नो हुनुपर्ने दाबी गरिरहेका छन् । केहि समय अघि देखि गणेश लामा र सत्यमान लामाले वुद्धचित्तको फल कुर्नको लागि आआफ्नो तर्फबाट केटाहरु कुर्न राखेका थिए ।

वुद्धचित्ति कुर्ने बेलामा पनि दुवै समुहवीच झगडा भएको थियो । सत्यमान लामाले भने विप्लब माओबादीका कार्यकर्ता तिलक लामा, रामकृष्ण मैनाली लगाएतसंग मिलेर वाङ र गणेशलामा दुवै समुहलाई बाइपास गरि आज वुद्धचित्त टिपेपछि भिडन्तको स्थिति उत्पन्न भएको हो ।

आज वुद्धचित्त टिप्ने बेला गणेश लामाको समुहले रोक्न खोज्दा सत्यमान लामाले प्रहरी प्रशासनलाई प्रभावमा पारि गणेशलामाको केटाहरुलाई पक्राउ गर्न लगाएको आरोप छ । प्रहरीले लामाका भाई राकेश लामालाई पनि केहि वेर नियन्त्रणमा लिएर छोडेको बताइन्छ ।

सत्यमान लामा प्रहरी प्रमुख आइजिपि प्रकाश अर्याल संग राम्रो उठबस भएको आरोप लागिरहेको छ । आइजिपि अर्यालको संरक्षणमा सत्यमानले ज्याजती गरिरहेको वाङ पक्षको आरोप छ ।

वुद्धचित्तको बारेमा त्रिपक्षिय विवाद उत्पन्न भए लगत्तै भकुण्डे, कटुञ्जे लगाएत रोशी क्षेत्रमा ठुलो संख्यामा केटाहरु परिचालित भएका छन् ।