सेतीमा पक्की पुल निर्माण

0
Shares

पोखरा, ६ असार । पोखरा– लेखनाथ महानगरपालिका– ७ र १५ जोड्ने चोरसाँघुस्थित सेती नदीमा रु एक करोड ६१ लाखको लागतमा पक्की पुल निर्माण सम्पन्न भएको छ ।

सरकारको ७० प्रतिशत तथा जिल्ला समन्वय समितिको ३० प्रतिशत लागतमा ३० मिटर लम्बाइको सो पुल निर्माण सम्पन्न भएकोे हो ।

जिल्ला प्राविधिक कार्यालयका प्रमुख नारायण बरालकाअनुसार २०७२ फागुनमा सो पुलको निर्माण कार्य सुरु गरिएको थियो । पुल निर्माणसँगै महानगरपालिका क्षेत्रको दक्षिणी भेगका नागरिकलाई यातायातको सुविधा पुगेको छ ।

यसअघि महानगरभित्र सेतीमा बगर, नारायणस्थान, महेन्द्रपुल, तुल्सीघाट, पृथ्वीचोक, मितेरी पुल, चिरगादी, लामगादीलगायत ठाउँमा १० वटा पुल निर्माण भई प्रयोगमा आएका छन् । रासस