उदयपुरमा शान्तिपुर्णरुपमा मनोनयन दर्ता



कुशलबाबु बस्नेत, उदयपुर ।
उदयपुर जिल्लाका चार नगर पालिका र चार गाँउ पालिकामा आईतबार शान्तिपुर्णरुपमा दलहरुले उमेदवारको मनोनयन दर्ता गराएका छन ्। मनोनयन दर्तागर्न बिहान आठबजेबाट बेलुका चार बजे सम्म निर्धारण गरिएको समय भित्र ढिलै गरी उमेदवारहरुको मनोनयन दर्ता गराएको जल्लिा प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी नरबहादुर केसीले बताउनुभयो ।

उमेदवारको मनोनयन दर्ता गर्न दलहरु ढिलागरी आएका कारण पुर्ण विवरण आउन केही समय लाग्ने केसीले बताउनुभयो । उमेदवारको मनोनयनका लागि पंचे बाजा झाकी र जुलुस सहित दलहरु निर्बाचन कार्यालयहरुमा पुग्दा सुरक्षा निकायलाई फरक फरक स्थानमा रोक्न हम्मे परेको थियो । निर्बाचन अकिृतको कार्यालयले दलहरुलाई फरक फरक समय दिएपनि ढिलागरी संगसंगै दलहरु निर्बाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

नेकपा एमाल, नेपाली काग्रस ,नेकप माओबादी केन्द,राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँशक्ती पार्टी, संघिय समाजवादी फोरम नेपाल , नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा लगायतले स्थानीय तहका लागि नगरपालिकामा मेयर उपमेयर र गाँउ पालिकामा प्रमुख उप प्रमुख सहित वडाध्यक्ष र सदस्य पदकालागि उमेववारी दर्ता गराएका छन् भने केही स्वतन्त्र उमेदवारलेपनि मनोनयन दर्ता गराएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्