पेट्रोलियम पदार्थको मूल्य घट्यो

0
Shares

काठमाडौं, (नेस)
नेपाल आयाल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको १ रुपियाँ ५० पैसा घटाएको छ। निगमका प्रवक्ता सिताराम पोखरेलले एलपी ग्यास र हवाई इन्धनबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य घटेको बताउनुभयो।

नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १०० रुपियाँ निर्धारण गरिएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ७६ रुपियाँ निर्धारण गरिएको निगमले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि भारतीय आयल कर्पोरेसन (आईओसी) ले मूल्य घटाएर आयल निगमलाई पठाएको र सोही आधारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको बताउनुभयो। गत पुस महिनापछि निगमले पहिलोपटक मूल्य समायोजन गरेको हो।

गत चैत १९ गते नियमले युरो ४ मापदण्डको पेट्रोल लागू गर्दा पनि मुल्यमा घटबढ भएको थिएन। यसअघि निगमले गत पुस १८ गते पेट्रोलमा प्रतिलिटर २ रुपियाँ ५० पैसा, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपियाँ घटाउने निर्णय गरेको थियो।

प्रवक्ता पोखरेलले नयाँ निर्धारयण गरिएको मूल्यअनुसार पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दा पनि नेपालमा भारतभन्दा पेट्रोलमा ११ रुपियाँ ५५ पैसा, मट्टितेलमा ११ रुपियाँ ४० पैसा र डिजेलमा १९ रुपियाँ ३५ पैसा कममा तेल उपलब्ध हुनेछ। निगमको सञ्चालक समितिको बैठकले अन्तर्राष्ट्रिय मूल्य अनुसार मूल्य समायोजन गर्ने निर्णय गरेको हो।