डोटीमा निर्वाचनको सबै तयारी पूरा



विमल विष्ट, डोटी ।
डोटीमा यहि असार १४ गते हुने स्थानिय निकायको निर्वाचनको सम्पुर्ण तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय डोटीले जनाएको छ । यहाँका नौवटै तहमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयबाट मनोनयन फाराम वितरणदेखि मतदाता नामावली प्रमाणित लगायतका काम भइरहेको जिल्ला निर्वाचन कार्यालय डोटीका निर्वाचन अधिकारी नन्दीराज ओझाले जानकारी दिनुभयो ।

 

त्यस्तै निर्वाचनको समयमा आवस्यक पर्ने मतपेटिका, मतपत्र लगायत अन्य सामाग्री हरुपनि जिल्ला निर्वाचन कार्यालय डोटीमा पुगिसकेकाले यहाँका निर्वाचन केन्द्रहरुमा पठाउने तयारी भईरहेको निर्वाचन अधिकारी ओझाले बताउनु भयो । जिल्लामा कुल एक सय ५५ वटा मतदान केन्द्रको लागि आबस्यक पर्ने मतपेटीका लगायत अन्य सामाग्रीहरुसकेको उहाँले जानकारी दिनुभयो ।

निर्वाचन कार्यालय संग १ सय वटा मतपेटिका मौज्दात नै रहेको र ५५ वटा मत पेटिका केन्द्रबाट प्राप्त भएकोले बितरण कार्यका सहज भएको उहाँले बताउनु भयो । डोटीमा २ वटा नगरपालिका र ७ वटा गाउँपालिका रहेका छन ।

प्रतिक्रिया दिनुहोस्