खोटाङमा मनोनयन दर्ता गर्न समय बाँडफाँड



रामधन राई,खोटाङ ।
आगामी १४ गतेको लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि खोटाङमा मनोनयन दर्ता गर्न समय बाँडिएको छ ।

मूख्य निर्वाचन अधिकृतको कार्यालयमा बुधबार साँझ बसेको सर्वदलीय बैठकले मनोनयन दर्ताका लागि सबै भन्दा अगाडी नेकपा माओबादी केन्द्रलाई बिहान १० बजेदेखि १०.४५, दोश्रोमा नेकपा एमालेलाई ११ बजेदेखि ११.४५, नेपाली कांग्रेसलाई १२.५ देखि १२.४५, राप्रपालाई दिउँसो १ बजेदेखि १.४५ बजेसम्म, संघीय समाजबादी फोरम र नयाँ शक्तीको संयुक्त मोर्चालाई २ बजेदेखि २.४५ बजेसम्म, नेकपा मालेलाई ३ बजेदेखि ३.४५ बजेसम्म र खम्बूवान राष्ट्रिय मोर्चालाई ४ बजेदेखि ४.४५ बजेसम्मको समय छुट्याएको छ ।

स्वतन्त्र उम्मेदवारलाई भने बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म जुनसुकै समयमा मनोनयन दर्ता गर्न पाउने व्यवस्था मिलाईएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्