चौतर्फी घेराबन्दीमा पारे पनि एमालेको बहुमत आउँछः विष्ट

0
Shares

 

नेपाल समाचाारपत्र
गुल्मी
नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण विष्टले उनले एमालेको जनलहरप्रति अन्य राजनीतिक दलहरूले समेत चौतर्फी घेराबन्दी गरेर चुनावी तालमेल गरे पनि तालमेलले कुनै असर नपर्ने बताएका छन् । मंगलबार गुल्मीको इस्मा गाउँपालिकाको वडा नं. २ आयोजित चुनावी सभामा सम्बोधन गर्दै नेता विष्टले मुलुकको परिर्वतनका लागि एमालेको बहुमत आवश्यक रहेको बताएका छन्। एमालेलाई हराउन जो सुकैले तालमेल गरेर अगाडि बढे पनि एमालेसगँ नेपाली जनताको साथ भएकाले तालमेलका पछाडि नलागी चुनावी मैदानमा लाग्न नेता कार्यकर्ताहरूलाई आग्रहसमेत गरे।

अहिलेको स्थानीय तहको निर्वाचन नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रलगायत अन्य राजनीतिक पाटीहरूका बीचभन्दा पनि राष्ट्रियता जोगाउने र समाप्त पार्ने बीच भएको भन्दै विष्टले राष्ट्रियता जोगाउनका लागि पनि एमालेको बहुमत आवश्यक रहेको बताए। जब मुलुकमा सकंट पैदा हुन्छ त्यति बेला एमालेको आवश्यक रहन्छ नेता विष्टले भने– ‘त्यस कारण जनताको आम परिवर्तनका लागि सूर्यमा मतदान गरेर सूर्य ध्वजावाहक उम्मेदवारलाई विजयी बनाउनुहोस।’
जिल्लामा एमालेले सबै निकाय जित्ने संकाले कांग्रेस र माओवादी केन्द्र जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताए। उनले सकेसम्म पैसा र प्रलोभन देखाएर जित्ने नभए बुथ कब्जा गर्ने र मतपत्र च्यात्ने योजनामा सत्तापक्ष भएकाले चनाखो बन्नुपर्नेमा जोड दिए।

Skip This