गुल्मीका तिन स्थानिय तहमा कांग्रेस र माओवादी केन्द्र बिच तालमेल



अनिल खत्री,गुल्मी ।
दोस्रो चरणमा हुँने स्थानिय निर्वाचानमा गुल्मीमा काँग्रेस र माओवादी केन्द्र बिच तिन स्थानिय तहमा चुनावी तालमेल भएको छ । जिल्ला तहमा तालमेल नभएपनि गाउँपालिकामा भने चुनावी तालमेल गरेका छन् ।

गुल्मीमा रहेका २ नगरपालिका सहित १० गाउँपालिका मध्ये काँग्रेस र माओवादी केन्द्रले रुरु गाउँपालिकामा, धुर्कोट गाउँपालिका र सत्यवती गाउँपालिकामा चुनावी तालमेल भएको माओवादी केन्द्रका संयोजक बिरबहादुर कार्कीले जानकारी दिए ।

तालमेल अनुसार रुरु गाउँपालिकामा माओवादी केन्द्रलाई गाउँपालिका प्रमुख सहित २ वडा अध्यक्ष र कांग्रेसलाई उपप्रमुख सहित ४ वडा अध्यक्ष पाउँने गरि तालमेल भएको छ ।

सत्यवती गाउँपालिकामा कांग्रेसलाई प्रमुख सहित ६ वटा वडा अध्यक्ष र माओवादी केन्द्रलाई उपप्रमुख सहित १ वडामा अध्यक्ष पाउने सहमती गरेका छन् । तालमेल अनुसार धुर्कोट गाउँपालिकामा माओवादी केन्द्रलाई प्रमुख सहित २ वटा वडा अध्यक्ष र कांग्रेसलाई उपप्रमुख सहित ५ वटा वडा अध्यक्ष पाउने सहमती भएको संयोजक कार्कीले जानकारी दिए ।

केहि महिना अघि एमाले संग जिल्ला भर तालमेल गर्ने चर्चा चलेपनि त्यो भने सफल हुन सकेन् । एमाले भित्र कार्यकर्ताको दवार र मतपत्रको अबस्था पनि तलमाथी रहेको भन्दै तालमेल भंग भएको थियो ।

जिल्ला स्तरका नेताहरुबाट भएको चुनावी तालमेल एमालेबाट भंग भएपछी माओवादी केन्द्रले एमालेका नेताहरुले काचो निर्णय भएको बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्