जिल्लामा फोटो पत्रकारहरुको समुह


काभ्रे (नेस) ।

सुचना प्रविधीको बढ्दो प्रयोगसँगै पहिलेको जस्तो संचारमाध्यमलाई आवश्यक पर्ने तस्विरहरुको सहजता भए पनि त्यसले दिने सन्देश फरक हुने भएकाले फोटो पत्रकारितालाई गुणस्तरीय बनाउनु पर्नेमा कृयाशिल पत्रकारहरुले जोड दिएका छन् ।

नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमल्सिनाले फोटो पत्रकारहरुको सिप र क्षमतालाई अझै बृद्धी गर्न तत्काल तालिमको आयोजना गर्ने बताए ।

फोटो पत्रकार समुहको जिल्ला शाखाको तर्दथ समिति घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष तिमल्सिनाले पत्रकारहरुले खिचेका महत्वपूर्ण तस्विरहरुको अभिलेख राख्ने, जिल्लाको पहिचान हुने गरी खिचिएका तस्विरहरुले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा समेत ख्याती कमाउने बताएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष भोजराज तिमल्सिनाले सूचनाको अभिलेख तस्विरहरुको संग्रह पनि भएकाले पत्रकारहरुले तस्विर लिने मात्र नभई त्यसको संरक्षणमा समेत ध्यान दिनु पर्ने बताए ।
भेलाले राजधानी दैनिकका जिल्ला संवाददाता केशवराज पौड्यालको अध्यक्षतामा तर्दथ समिति गठन भएको छ । समितिमा उपाध्यक्ष मिना घोरासाईने, सचिव रोजन तामाङ, सह सचिव जीवन पराजुली, कोषाध्यक्ष रामसुन्दर आचार्य, सदस्यहरु राजकुमार गोले र देवराज केसी रहेका छन् ।
कार्यक्रममा फोटो पत्रकार समुहका केन्द्रिय अध्यक्ष धुर्व आलेले पत्रकारहरुले फोटो पत्रकारहरुलाई फरक ढंगबाट हेर्ने गरेकाले सबै पत्रकारहरु एकै प्रकृतिका हुने तर महत्व आफ्नै स्थानमा फरक फरक हुने भएकाले त्यसरी नै बुझ्न आग्रह गरेका थिए ।

कार्यक्रममा केन्द्रिय सचिव प्रदिपराज वन्त, प्रेस सेन्टरका केन्द्रिय सदस्य यदुनाथ गौतम, प्रेस चौतारीका जिल्ला अध्यक्ष भुवन रायमाझी, प्रेस सेन्टरका जिल्ला अध्यक्ष रामकृष्ण बञ्जारा, प्रेस युनियनका अध्यक्ष कपिल कोईराला लगायतले फोटो पत्रकारको महत्वका बारेमा चर्चा गरेका थिए ।
देशभर पाँचवटा जिल्लामा शाखा स्थापना गरेको फोटो पत्रकार समुहले यस अघि बारा, पर्सा, कास्की, बाग्लुङ्गमा शाखा स्थापना गरेको छ । ७ वटा जिल्लामा शाखा स्थापना गरेपछि फोटो पत्रकार महासंघका रुपमा विस्तार हुने अध्यक्ष आलेले बताए ।