१ महिनामै २० जनाको को आत्महत्या


उत्तम नेपाल,भद्रपुर

झापामा हरेक महिना २० जनाले आत्महत्या गर्ने गरेको तथ्याङक प्राप्त भएको छ ।

मानिसको अमूल्य जीवनलाई जोगाउन र आत्महत्या जस्तो जघन्य अपराधलाई न्यूनीकरण गर्ने उद्देश्य राखेर अञ्चल प्रहरी कार्यालय मेची भद्रपुरले सुरु गरेको आत्महत्या न्युनिकरण अभियानका क्रममा यस्तो तथ्याङक फेला परेको जनाइएको छ ।

अञ्चल कार्यालयले पहिलो पल्ट मेची अञ्चलका विभिन्न जिल्ला तथा स्थानहरुमा दुई महिना अघि झापाको भद्रपुरवाट सुरु गरिएको अभियान सञ्चालनमा यस्तो तथ्याङ् आएको मेची अञ्चल प्रहरी कार्यालयका एसएसपी पिताम्बर अधिकारीले जानकारी दिए ।

भुकम्प पछिको ६ महिनामा आत्महत्या बढेको एसएसपी अधिकारीको भनाई छ । बढ्दो आत्महत्यालाई न्युनिकरण गर्ने प्रयासमा झापामा चैत्र १ गते सरोकारवालासंग वैठकवसी सोहि महिनाको १६ गतेवाट अभियान सुरु गरिएको अधिकारीले जनाए ।

वि. पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठन धरानसंग समन्वय गरि विभिन्न अस्पतालका मानसिक रोग विशेषज्ञ डाक्टरको उपस्थितीमा हालसम्म झापामा झापा बजार,दमक, विर्तामोड,भद्रपुर,धुलावारी गरि पाँच र इलामका दुई स्थान फिकल र इलाम बजामा अभियान सञ्चालन गरिसकिएको साथै छिटै झापाको कचनकवल गाउँपालिकामा गर्न लागिएकोले अभियानलाई निरन्तरता दिइने उनको भनाई छ ।

आत्महत्या बढ्नुमा साधनको पहुँच, विषादीको प्रयोग,स्वास्थ्य संस्थाले रोकथामको कुनै प्रयास नगर्नु, दृढ संकल्प जस्ता क्रियाकलापवाट हुने गरेको चिकित्सकलाई उदिृत गर्दै उनले बताए । आत्महत्या रोकथामका प्रयासहरुमा संचार, सम्पर्क र हेरचाह मुख्य रहेको उनको भनाई छ । घट्ना हुने कारण पत्ता लगाउन धेरै समस्या हुने गरेको उनि बताउँछन् ।

मानिसले झुण्डिएर, किटनाशक औषधिको प्रयोग,नदी,इनार,पोखरीमा डुवेर,उचाइवाट फाल हानेर,धारिलो हतियार प्रयोग,विष, लागु औषध सेवन,शरिरमा आगो लगाएर हालसम्म यस्ता प्रकृतिका आत्महत्या गरेको उनले बताए । चेतना र शिक्षाका स्तर जति बृद्धि हुन्छ त्यतिनै आत्महत्याको दर कम हुने गरेको विशेषज्ञको भनाई छ ।

झापामा आत्महत्या गर्नेको संख्या चालु आबको वैशाख सम्म एकसय ८२ पुगेको पाइएको छ । जिल्लामा ०७१।७२ मा २ सय ४२ जना र ७२।७३मा २ सय ४० ले जिवन समाप्त गरेका छन् । आत्महत्या गर्नेमा प्रायः १७ देखि ६० बर्ष सम्म उमेरका रहेको अध्ययनले देखाएको अञ्चल प्रहरी कार्यालय मेचीले जनाएको छ ।