मनिला क्यासिनो आक्रमणमा ३६ को मृत्यु


मनिला,(एजेन्सी)
फिलिपिन्सको राजधानी मनिला स्थित एउटा होटेल कम्पलेक्स र एउटा क्यासिनोमा शुक्रवार बिहान देखि एकलो बन्दुकधारीले अचानक गरेको आक्रमणको शिकार हुने कम्तिमा ३६ व्यक्तिको लाश फेला परेको शुक्रवार प्रहरीले जनाएको छ।

ति व्यक्तिले क्यासिनोका टेबुलहरमा आगो लगाइदिएकाले अधिकांश व्यक्तिको बाक्लो विषाक्त धुवाँमा निस्सासिएर मृत्यु भएको सरकारी अधिकारीहरूले विविसीलाई जानकारी दिएका छन्। रिसोर्टस वल्र्ड मनिला स्थित क्यासिनोमा आक्रमण गर्ने ति व्यक्तिको राष्टियता खुल्न सकेको छैन।

प्रहरीले उनले अन्त्यमा आफु मिाथि आगो लगाएर आत्महत्या गरेको जनाएको छ। शुरुमा स्थानिय प्रशासनले यस आक्रमणमा कोहि पनि हताहत नभएको जनाएको थियो। तर आक्रमणकारीको शव फेला परेपछि सफा गर्ने क्रममा धमाधम शव फेला परेको थियो।

फिलिपिन्सका प्रहरी प्रमुखले यो गोलीकान्डको आतंकवादसंग कुनै सरोकार नरहेको बताएका छन्। अधिकारीहरूले यस घटनालाई लुटपाटसंग जोडेर हेरेको छ। यद्यपि तथाकथित इस्लामिक स्टेट ( आइएस) ले भने यस घटनाको औपचारिक रूपमा जिम्मेवारी लिइसकेको छ।

अझै सम्म नाम नखुलेका ति पुरुषले मध्यरातिको केहि समयपछि क्यासिनोमा छिरेर एसल्ट राइफलले जथाभाव ीगोली चलाउन थालेपछि त्यहाँ भागदौड मच्चिएको थियो। साउदर्न पुलिस डिस्ट्रिक्टका सुपरिटेन्डेन्ट टोमास अपोलिनारियोले उनले हवाई फायर मात्र गरेको र मासरने व्यक्तहरको शरिरमा पनि कुनै गोली नलागेको बताएका छन्।