इन्ट्याग्रिटी आइडलको मनोनयन जेठ ३१ सम्म खुल्ला


काठमाडौं, (नेस)
सक्षम, इमानदार र कर्तव्यनिष्ठ राष्ट्रसेवक कर्मचारीलाई सम्मान गर्न एकाउन्ट्याविलिटी ल्याबले हरेक वर्ष प्रदान गर्ने इन्ट्याग्रिटी आइडल २०१७ को लागि मनोनयन जेठ ३१ मा सकिँदै छ। सम्मानका लागि यस वर्षका लागि जनवरी २०१७ बाट चार महिनाका लागि मनोनयन खुल्ला गरेको हो। मनोनयनका लागि आम नागरिकलाई चित्त बुझेका राष्ट्रसेवकलाई मनोनयन गर्न आह्वान गरेको छ।

आफ्नो सेवामा समर्पित इमानदार र कर्तव्यनिष्ठ राष्ट्रसेवकहरू कोही पनि नछुटुन भन्ने उद्देश्यका साथ अभियान अघि बढेको कार्यक्रम संयोजक अस्मिता शर्माले बताउनुभयो। आफ्नो सेवामा समर्पित इमानदार र कर्तव्यनिष्ठ राष्ट्रसेवकहरू कोही पनि नछुटुन भन्ने उद्देश्यका साथ अभियान शुरु गरेको शर्माले बताउनुभयो।

मनोनयनका फारमका लागि इन्ट्याग्रिटी आइडल को आधिकारिक वेबसाइटमा अनलाइन तथा फारम डाउनलोड गरेर पनि भर्न सकिनेछ। अवार्डको निर्णायक मण्डलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय संयोजक रहनुहुनेछ। अन्य निर्णायकमा पूर्र्वसचिव जीवनप्रभा लामा, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका भरतबहादुर थापा र पूर्वविज्ञान तथा प्रविधि मन्त्री गणेश शाह रहनुहुने आयोजकले जनाएको छ।

विजेताको घोषणा अन्तिम ५ छनोट तथा एसएमएस र वेबसाइटबाट प्राप्त जनमतको आधारमा निर्णय गरिने आयोजकले बताएको छ। सम्मान कार्यक्रममा पाँचै जनालाई प्रशंसापत्र र ट्रफीसहित सम्मान गरिनेछ।