देउवालाई गल्ती नदोर्याउन सुझाव


काठमाडौं, (नेस)
नेपाली काग्रेसका सभापति शेरवहादुर देउवाले पहिलो चरणको निर्वाचनमा देखिएका कमि कमजोरीलाई हटाई पार्टीलाई थप गतिशील वनाउने बताउनु भएको छ। साथै उहाले काँग्रेस नेतृत्वमा अब वन्ने सरकारले विगतका कमजोरीलाई सच्याउँदै अगाडी बढ्ने पनि बताउनु भएको छ।

शुक्रवार वीपी विचार राष्ट्रिय समाजका सभापति समेत रहनुभएका काग्रेस नेता कुलबहादुर गुरूङको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलसंग कुरा गर्दै सभापति देउवाले सो कुरा बताउनु भएको हो। सभापति देउवालाई पार्टी संगठन र राष्ट्रिय राजनीतिको बारेमा प्रतिनिधि मण्डलले सुझाव दिने क्रममा पार्टी भित्र मौलाएको गुट उपगुट र नेपाली काग्रेस संलग्न वर्तमान सरकारले गरेका पछिल्लो निर्णयका कारण लोकप्रियता घटेकोले पनि पहिलो चरणमा आशातित नतिजा नआएको बताएका थिए।

वीपी राष्ट्रिय समाजका महासचिव विनयध्वज चन्दले जानकारी दिए अनुसार प्रतिनिधि मण्डलमा समाजका सहअध्यक्ष गोविन्दराज जोशी, सहसचिव रामबहादुर गुरूंङ संस्थापक सदस्यद्वय लक्ष्मणप्रसाद घिमिरे र लोकेश ढकाल संलग्न हुनुहुन्थ्यो।

उहाका अनुसार पहिलो चरणको निर्वाचनमा पार्टीले पार्टी प्रतिवद्ध एवं लोकप्रिय व्यक्तिलाई टिकट नदिएको कारण पहिलो चरणको निर्वाचनमा पार्टीले पार्टी प्रतिवद्ध एवम् लोकप्रिय व्यक्तिलाई टिकट नदिएको कारण आशातित सफलता प्राप्त गर्न नसकेको तर्फ पार्टी सभापतिको ध्यानाकर्षण गराइएको थियो।

प्रतिनिधिमण्डलले स्थानीय तहको घोषित दोस्रो चरणको निर्वाचन, आउँदो प्रदेश र संसदको निर्वाचनमा उमेद्वार तय गर्दा पहिलो चरणको निर्वाचनमा भएको कमजोरी

लाई नदोहोर्याई निश्चित विधि र प्रक्रिया पर्ुयाएर लोकप्रिय उमेद्वार तय गर्न आग्रह गरेका थिए। साथै पछिल्लो समय राष्ट्रिय राजनीतिमा पार्टीले खेलेको भूमिकाको कारण जनतामा पर्न गएको निरासालाई चिर्दै अघि बढ्नुपर्ने बारेमा पनि ध्यानाकर्षण गराइएको थियो।