एम्बुलेन्स सेवा चितवन र पोखरामा


काठमाडौं, (नेस)
नेपाल एम्बुलेन्स सर्भिसले दक्ष स्वास्थ्यकर्मीहरूसहितको एम्बुलेन्स सेवा थप २ स्थानमा बिस्तार गरेको छ। सर्भिसले चितवन र पोखरामा आकस्मिक एम्बुलेन्स सेवा शुरू गरेको छ।

अहिलेसम्म संस्थाले काठमाडौं उपत्यकामा सेवा प्रदान गरिरहेकोमा नयाँ स्थानहरूमा थप सेवा बिस्तार गरेको हो। संस्थाको नयाँ सेवा बिस्तारपछि ३ स्थानामा सेवा सञ्चालन हुनेछ। हाल संस्थाले ११ वटा एम्बुलेन्समार्फत उक्त स्थानमा सेवा प्रदान गर्दैछ।

सो स्थानहरूमा संस्थाले २४सै घण्टा आकस्मिक एम्बुलेन्स सेवा प्रदान गर्ने भएको हो। सेवा लिनका लागि सेवाग्राहीले आकस्मिक एम्बुलेन्स सेवाको १०२ नम्बरमा फोन गर्नुपर्नेछ। सरकारले तोकेको न्यूनतम शुल्कमा संस्थाले आकस्मिक एम्बुलेन्स सेवा प्रदान गर्दै आइरहेको छ।

संस्थाले असार १ गतेदेखि रूपन्देहीको बुटवल र भैरहवामा पनि आकस्मिक एम्बुलेन्स सेवा सञ्चालन गर्ने तयारी गरिरहेको छ। विनाशकारी भूकम्पको समयमा नासले आकस्मिक एम्बुलेन्स सेवामार्फत ७ दिनमा ६ सय ७८ जनाको जीवन उद्धार गरेको थियो।