एमालेव्दार फेरि सदनमा अवरोध


नेस, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिहीबार पनि व्यवस्थापिका संसदको बैठक अवरुद्ध गरे गरेको छ । भरतपुरको मतगणनाको विषयलाई लिएर एमालेले बुधबार पनि संसद अवरुद्ध गरेको थियो ।

सभामुख ओनसरी घर्ती मगरले बैठक सुरु भएको घोषणा गर्नासाथ एमाले सांसदहरु उभिएर अवरुद्ध गरेपछि माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले नियमापत्ति जनाउँदै बोल्न माग गर्नुभएको थियो । तर, सभामुखले प्रमुख प्रतिपक्षका सांसदहरु उभिएर अवरोधको अवस्थामा नियमापत्ति स्वीकार गर्न नसकिने रुलिङ गरेपछि विडारी आक्रोशित हुनु भयो । उहाँले घोर नियमापत्ति भन्दै अवरोधकै विषयमा आफूले संसदको नियमावली अनुसार नियमापत्ति गरेको बताए पनि उहाँले माइक पाउनुभएन ।

विरोध जनाइरहेका सांसदहरुलाई बस्न आग्रह गर्दा नमानेपछि सभामुख घर्तीले विपक्षीले अवरोध गरेको अवस्थामा संसद्को कार्यबाही अघि बढ्न नसक्ने जनाएर जेठ २१ गते आइतबार बिहान ११ बजेसम्मका लागि स्थगन गरिएको घोषणा गर्नु भयो ।

बुधबारको बैठकमा बहुमतका आधारमा प्रधानमन्त्रीको निर्वाचन गर्ने सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रमका साथै आगामी आर्थिक वर्षको सरकारको बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको थियो ।