चिडियाखानामा बाघद्वारा महिला कर्मचारी मारिए


लन्डन, (एजेन्सी)
इंग्ल्यान्डको एक चिडियाखानाकी एक महिला कर्मचारी एक बाघको आक्रमणमा मारिएको घटनालाई चिडियाखानाका अधिकारीले ‘दुखद दुर्घटना’ भएको बताए।
३४ वर्षीय रोसा किंग ह्यामर्टन जु पार्कमा सोमबार पार्कको उक्त बाघ उनी काम गरिरहेको एउटा बन्द क्षेत्रमा प्रवेश गरी उनलाई आक्रमण गरेपछि मृत्यु भएको थियो।

किंगकी आमाले आफ्नी छोरीका बारेमा भनिन्– ‘उनले अरू केही गर्न चाहिन उनले त्यही गरे जसप्रति उसको लगाब थियो।’ उक्त चिडियाखानमा पटकपटक घुमिरहने वन्यजन्तु फोटोग्राफर गेरी क्रिसोल्मले किंग उक्त निकुञ्जको अभिन्न अंग भएको बताए।

रोसा ह्यामर्ट जुका सुसारेमा थिइनन् उनी आफैं ह्यामर्टन जु थिइन्। जनावरहरूप्रतिको उनको लगाब र हेरचाह अदभूत भए पनि उनको मन पर्ने जनावर भन्ने चितुवा नै हो भन्नेमा कुनै विवाद थिएन। जसलाई ऊ आफ्नो गौरव र आनन्दका रूपमा लिन्थे– ‘क्रिसहोमले उनको फेसबुकमा लेखेका छन्।’
सोमबार बिहान सवा ११ बजे प्रहरीलाई चिडियाखानामा बोलाइएको थियो। प्रत्यक्षदर्शीहरूका अनुसार उनीहरूले चिच्याइएको आवाज सुनेको र त्यसपछि अन्य कर्मचारीहरू बाघलाई मासु फालेर अर्कोतर्फ धपाउन भग्मजदुर प्रयास गरिरहेको देखेको टेलिग्राफ अखबारले लेखेको छ। उक्त घटना भएको बेला चिडियाखानामा घुम्न पुगेका पिट डेविस केही डरलाग्दो घटना भएको प्रष्ट आभास भएको अखबारलाई बताए।‘त्यो एक केटीको चिच्याहट हो भन्नेमा कुनै आशंका थिएन। उनीमाथि बाघले झम्टेपछि आएको आवाज थियो’ – डेविसले बताए।

आक्रमण भएको २० मिनेटपछि म्यागपास हवाइ एम्बुलेन्स आइपुगेको थियो र आगन्तुकहरूलाई घटनास्थलबाट खाली गराइएको थियो। उक्त घटनामा कुनै पनि जनावर उनीहरूको खोरबाट बाहिर नफुत्किएको पनि निकुञ्जले जानकारी दिए। घटनामा मारिएका आफ्ना सहकर्मीप्रति सहानुभूति प्रकट गर्दै निकुञ्जले यस दुखद् घडीमा उनका मित्र तथा परिवारहरूप्रति समवेदना दिएको छ।
सन् १९९० जुनमा खुलेको उक्त वन्यजन्तु निकुञ्जले २५ एकड जमिन ओगटेको छ। गत वर्ष मात्रै मलायन बाघका लागि नयाँ खोर खोलिएको थियो।