सेलिब्रेटीको रोजाईमा टाटाको कार

0
Shares

काठमाडौं, (नेस)
पछिल्लो समयमा नेपालका चर्चित व्यक्तिहरूको रोजाईमा क्रमशः टाटाका कार पर्न सफल भएको छ। पूर्व मिस नेपाल माल्भिका सुब्बाले केही समय अगाडि टाटाको बोल्ट कार खरिद गरेकी थिइन्। आकर्षक लुक एवम् स्टाइलका कारण उक्त बोल्ट कार आफ्नो रोजाइमा पर्न सफल भएको कुरा उनले जानकारी गराइन्।

त्यस्तै नेपाल राष्ट्रिय फुटबल संघका पूर्वकप्तान हरि खड्काले पनि हालै टाटाको टियागो गाडी खरिद गरेका छन्। अत्याधुनिक प्रविधि, आकर्षक फ्युल क्षमता, आरामदायी यात्रालगायतका विशेष सुविधाले सम्पन्न टाटाको टियागोले आफ्नोजस्तै हरेक ग्राहकको व्यक्तिगत जीवनमा सुखद यात्राको अनुभूति प्रदान गर्ने कुरा उनले बताए।

सोही क्रममा नेपालकी चर्चित नायिका प्रियंका कार्कीले नेपालमा अग्रणी कम्प्याक्ट सेडानको रूपमा चर्चा बटुलेको टाटाको जेस्ट कार खरिद गरेकी छिन्। उनले नेपालमै बसेर पनि अन्तर्राष्ट्रिय स्तरको लक्जरियस कारको अनुभव बटुल्न पाएकोमा आफू निकै उत्साहित भएको कुरा जानकारी गराएकी छिन्।

त्यस्तै नेपाल राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले पनि हालै जेस्ट कार चढेका छन्। उनले टाटाको जेस्ट चढ्दा नयाँ एवम् उत्कृष्ट ड्राइभिङ अनुभव प्राप्त भएको र यसले आफ्नोजस्तै सम्पूर्ण नेपाली ग्राहकवर्गको मन जित्ने विश्वास लिएको कुरा समेत बताएका थिए।

आकर्षक लुक, उत्कृष्ट पर्फमेन्स, माइलेज र स्टाइल, विलासी गाडीहरूको सम्झना ताजा गराउन कारण टाटोका जेस्ट, बोल्ट र टियागो कार नेपाली जनताको छनोटमा परेको छ। प्रिमियम इन्टेरियर, हरमन साउन्ड, एभिएस, जाभा ब्ल्याक र लाटेको डुअल टोनसँग राम्ररी मिलाइएको ड्यासबोर्डले कारलाई आकर्षक, आधुनिक भएको कारणले छोटो समयमा नै नेपाली बजारमा निकै नै चर्चा बटुल्न पुगेको छ।