सबै गाउँपालिकाको बोर्ड फाल्छौं ः विप्लव समूह


नेपाल समाचारपत्र
ताप्लेजुङ
नेत्र विक्रम चन्द (विप्लप) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ताप्लेजुङका गाउँपालिकाको बोर्ड धमाधम फाल्न थालेको छ।

गए राति मात्र फक्ताङलुङ गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकाको कार्यालयमा राखिएको बोड तोडफोड भएको हो।
फक्ताङ्लुङ गाउँपालिकाको कार्यालयमा राति करिब दुई बजे दुई जनाको संख्यामा आएका व्यक्तिले कार्यालयको बोर्ड निकाली काटेर खोल्सामा फालेको सो गाउँपालिकाका प्रमुख रामसुन्दर थापाले जानकारी दिनुभयो।

आफू कार्यालय प्रमुखको बैठकमा सदरमुकाम आएको समयमा सो घटना भएको उहाँले बताउनुभयो। बोर्ड काटेर फाल्नेबाहेक कार्यालयमा अन्य घटना भने नभएको बताइएको छ।

साँझ खेजेनिमबाट दुईजना युवक कार्यालयनजिकैको साविकको तापेथेक बजारमा लाइट किन्न आएको र लेलेप जाने भनी हिँडे पनि राति उनीहरू नै आएर तोडफोड गरेको हुन सक्ने स्थानीयले बताएका छन्।

उता आठराई त्रिवेणी गाउँपालिकाको पनि बोर्ड फालिएको स्थानीयले बताएका छन्। फक्ताङ्लुङ गाउँपालिका क्षेत्रमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको प्रभाव भएको र उनीहरूले सो क्षेत्रलाई निर्वाचन निषेधित क्षेत्र घोषणा गरेकाले सो घटनामा उनीहरूकै संलग्नता भएको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी रामबहादुर केसीले बताउनुभयो।

आठराई त्रिवेणी गाउँपालिकाको घटना बुभ्mन प्रहरी जाँदै गरेकाले घटनाको विवरण आउन बाँकी रहेको उहाँको भनाइ छ। फक्ताङ्लुङको घटनामा संलग्नको हुलिया प्राप्त भएकाले खोजीकार्य जारी रहेको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी केसीले बताउनुभयो।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी ताप्लेजुङका इन्चार्ज आसिसले फक्ताङ्लुङ र आठराई त्रिवेणी गाउँपालिकालगायत सबै स्थानको बोर्ड आपूmहरूकै संलग्नलामा फालिएको बताउनुभएको छ।