बस दुर्घटना १५ यात्रु घाइते, दुईको अवस्था गम्भिर


ताप्लेजुङ, (नेस)
ताप्लेजुङको श्रीजंगा गाउँपालिका २ स्थित हप्पुखोलाबाट झापाको बिर्तामोडतर्फ हिँडेको बस दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन्। दुईजनाको अवस्था गम्भिर रहेको छ।

शुक्रबार साँझ करिब ५ः५० बजेको समयमा ना ४ ख ७४१४ नम्बरको बस अनियन्त्रित भइ सडकबाट करिब ५० मिटर तल खस्दा बसमा सवार २५ यात्रु मध्ये १५ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। घाइतेमध्ये सिनाम बहुमुखी क्याम्पस ताप्लेजुङका महेन्द्र प्रकास गौतम र सुरुम्खिम २ ताप्लेजुङकी मुगावती तामाङको अवस्था गम्भिर रहेको छ।

घाइते सबैलाई दुईवटा जिपमार्फत उपचारका लागि जिल्ला अस्पताल पाँचथर पठाइएको जिल्ला प्रहरी कर्यालय ताप्लेजुङले जनाएको छ। बस हप्पुखोलासम्म दिनको समयमा जाने र पुन फर्किएर साँझ डाँडागाउँमा बास बसी बिहान मात्र झापा जाने गरेको छ। सोही क्रममा शुक्रबार हप्पुखोला पुगेर फर्कने क्रममा दुर्घटना भएको बताइएको छ।