लागूऔषध सहित पक्राउ


काठमाडौं, (नेस)

वसुन्धारा बस्ने सप्तरी, तिलाठी कोइलाडी गाउँपालिका–५ की ४५ वर्षीया सीतादेवी शर्मा र पर्सा, विन्ध्यवासिनी गाउँपालिका–३ का २५ वर्षीय रवीन्द्र उपाध्यायलाई नियन्त्रित लागूऔषध डाइजेपाम ३ सय ७६ एम्पुल, बुप्रेनोर्फिन ३ सय ७६ एम्पुल र फेनारगन ३ सय ७६ एम्पुल गरी जम्मा १ हजार १ सय २८ एम्पुल तथा नाइट्रोजेपाम ट्याब्लेट १ सय ६५ पिससहित काठमाडौं महानगरपालिका–१४ बल्खुबाट बिहीबार लागूऔषध नियन्त्रण ब्युरोको प्रहरीले पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।