काभ्रेमा मतदान र मतगणना जारी



मोतिराम तिमेलसीना, धुलिखेल ।

बैशाख ३० गते राति शशस्त्र प्रहरीको गोलीबाट मृत्यु भएका नमोबुद्ध नगरपालिका ४ का २८ बर्षिय नवराज पाठकको अन्तिम संस्कार लगत्तै बैशाख ३१ गते स्थगित भएको निर्वाचन आज भईरहेको छ । धुलिखेल नगरपालिका १२ मा स्थगित भएको निर्वाचन पनि मतदान जारी छ ।

राप्रपाका धुलिखेल १२ का वडा सदस्यका उम्मेदवार सुकलाल तामाङको निधन भएपछि निर्वाचन आयोगले उक्त वडाको निर्वाचन जेष्ठ ३ गतेका लागि सार्ने प्रस्ताव आयोगलाई पठाएको थियो । बुधबार साँझ ५ बजे निर्वाचन सकिए लगत्तै बसेको संयन्त्र प्रतिनिधिहरुको बैठकले तत्कालै मतगणना गर्ने सहमति गरेका थिए ।

धुलिखेल नगरपालिकाको वडा नम्वर १२ मा १९ सय १६ मतदाता रहेका थिए ।

नमोबुद्ध ४ मा निधन भएका नवराज पाठकको मंगलबार शिक्षण अस्पतालमा पोस्टमार्टम लगत्तै परिवारले दाहसंस्कार गर्ने र बुधबार जेष्ठ ३ गते मतदानमा भाग लिने जिल्ला प्रशासनमा चार बुँदे सहमति भएको थियो । सोहि सहमति अनुसार बुधबार नमोबुद्ध ४ मा १३ सय ७२ मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्