हेटौँडा उपमहानगरपालिकामा एमालेको अग्रता



हेटौँडा, १ जेठ । हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा नेकपा ९एमाले०का हरिबहादुर महतले २८६ र उपप्रमुखमा एमालेकै मीना लामाले ३११ मतले अग्रता लिइरहनु भएको छ ।

वडा नं १ को दुई हजार ७०० मतमध्ये आज साँझसम्म ७०० मत गणना गरिएकामा नेपाली काँग्रेसका तर्फबाट प्रमुखमा आनन्दराम पराजुलीले २५१ र उपप्रमुखमा नेकपा ९माओवादी केन्द्र०का बलराम बलले १४९ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी थाहा नगरपालिकामा साँझसम्म वडा नं ५ र ७ को मतगणना सकिएको छ । त्यसको परिणाम आउन बाँकी छ । परिणामअनुसार प्रमुख र उपप्रमुखमा एमालेकै अग्रता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्