रसुवाको २७ वटा मध्ये ७ वटा वडाको मतपरिणाम सार्वजनिक



नेपाल समाचारपत्र, रसुवा । रसुवाको २७ वटा मध्ये ७ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणाम अनुसार नयाँ शक्तिले ४, नेपाली कांग्रेस माओवादी र एमालेले एक एक वडामा जित हासिल गरेका छन् ।

उत्तरगया–१ को वडा अध्यक्षमा दुई ७६ मत ल्याएर नयाँ शक्तिका बम वहादुर तामाङ विजयी हुनुभएको छ । महिला सदस्यमा नयाँ शक्ति कै मञ्जु तामाङ विजयी हुनुभएको छ ।
उहाँले दुई सय ७१ मत ल्याउनु भएको छ । त्यसैगरी अन्य तीन जना सदस्य भने नेकपा एमालेको तर्फबाट विजयी भएका छन् ।

दलित सदस्यमा दुई सय २६ मतका साथ ज्ञानु विक, खुल्ला सदस्यमा दुई ३४ मतका साथ पुर्ण बहादुर घले र दुई सय ३३ मतका साथ बम बहादुर तामाङ विजयी भएका छन् ।
उत्तरगया – २ मा नयाँ शक्ति पार्टी प्यानल बिजयी भएको छ । वडा अध्यक्षमा दावा नोर्चुल तामाङ एक सय ७८ मत ल्याएर बिजयी हुनुभएको हो । महिला सदस्यमा १ सय ७० मत ल्याएर निमा वाङमो तामाङ र खुल्ला सदस्यमा ठिदोर्जे तामाङले १ सय ६४ मत प्राप्त गरि बिजयी हुनुभएको छ । दलित महिला सदस्य श्रीमाया कामी यसअघि नै निर्बिरोध निर्वाचित हुनुभएको थियो ।
कालिका–३ मा नेकपा माओबादी केन्द्र प्यानल बिजयी भएको छ । वडा अध्यक्षमा पुष्पराज न्यौपाने बासुले ४ सय ३ मत ल्याएर विजयी हुनुभएको छ । महिला सदस्यमा ३ सय ७५ ल्याएर गिता घिमिरे दलित महिला सदस्यमा ३ सय ७७ ल्याएर कान्छी भुषाल र खुल्ला सदस्यमा ३ सय ५६ मतका साथ अण प्रसाद आचार्यले र ३ सय ५७ मत ल्याएर लालबहादुर थोक्रा विजयी हुनुभएको छ ।
गोसाइकुण्ड –१ मा नेकपा एमाले विजयी भएको छ । २९२ मत ल्याएर फुर्पु सोनाम तामाङ वडाअध्यक्षमा विजयी हुनुभएको छ । महिला सदस्यमा २३२ मत ल्याएर पेम्पा लामु तामाङ, खुल्ला सदस्यमा २१७ मतका साथ ग्याल्डुप तामाङ र नेपाली कांग्रेसका बुद्धि तामाङ १९६ मत ल्याएर विजयी हुनुभएको छ ।
पार्वतीकुण्ड –१ को वडा अध्यक्षमा नयाँ शक्तिका निमा दिण्डुप तामाङ विजयी हुनुभएको छ । उहाँले एक सय ४६ मत ल्याउनु भएको छ । महिला सदस्यमा एक सय ६२ मतका साथ एमालेका सोनाम तामाङ, खुल्ला सदस्यमा एक सय ६७ मतका साथ एमाले कै दोर्जे तामाङ र एक सय ५९ मतका साथ एमाले कै निमा दोर्जे तामाङ विजयी हुनुभएको छ ।
नौकुण्ड–१ को वडा अध्यक्षमा नयाँ शक्तिका कान्छा तामाङले तीन सय ६७ मत ल्याएर विजयी हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्