मकवानपुरमा मतदान शान्तिपूर्ण, सडकमै लाइन, बजार सुनसान



नेपाल समाचारपत्र, हेटौंडा । संघीय संरचनाअनुसार स्थानीय तह चयनका लागि मकवानपुरमा मतदान शान्तिपूर्णरुपमा निर्वाचन भइरहेको छ । यसले गर्दा हेटौंडा मुख्य बजार क्षेत्र सुनसान देखिन्छ ।
मतदान बेलुका ५ बजेसम्म जारी रहनेछ । मकवानपुरमा १ सय ६४ वटा मतदान स्थल र २ सय ९५ वटा मतदान केन्द्र छ । मकवानपुरमा एउटा उपमहानगरपालिका, एउटा नगरपालिका र ८ गाउँपालिका छन् ।

हेटौंडा उपमहानगरपालिका वडा नं.४ स्थित वासुदेव सभागृह मतदान केन्द्रमा मतदान गर्न पुगेका इन्द्रबहादुर खत्रीले मतदान गर्न पाएनन् । सरकारी परिचयपत्र भएपनि उनलाई मतदाता परिचयपत्र साथमा नभएको भन्दै मतदान गर्न नदिइएको हो । उनलाई तुरुन्त मतदान गर्न नदिए पनि दिउँसो ४ बजेपछि बोलाइएको छ । उनले दोहो¥याएर आउनु परेकोमा गुनासो गरे ।
मकवानपुरका मुख्य निर्वाचन अधिकारी दयाराम ढकालले मतदाता नामावलीमा नाम भएका मतदाताले सरकारी परिचयपत्रका आधारमा मतदान गर्न पाउने बताए ।

हेटौंडा–१ र ४ का मतदान केन्द्रमा भने मतदाता सडकमै लाइन लाग्न बाध्य छन् । भित्र ठाउँ भए पनि उनीहरुलाई सडकमै लाइन लगाइएको हो । कतिपय केन्द्रमा हिलो भएकाले मतदाता समस्यामा छन् ।

हेटौंडा मेयरमा कांग्रेसका उम्मेदवार आनन्दराम पराजुलीले हेटौंडा–२ को मतदान केन्द्रमा मत दिएका छन् ।
निर्वाचनमा हेटौंडा–४, वासुदेव सभागृह मतदान केन्द्रमा पुगेका नरबहादुर खत्री र दुर्गामाया खत्री दम्पत्ती हुन् । उनीहरु कहिल्यै छुट्दैनन् । हरेक काम गर्दा साथमै गर्छन् । भोट हाल्न उनीहरु एकसाथ आए । भोट पनि एउटै पार्टीको उम्मेदवारलाई हालेको बताए ।
नरबहादुर खत्रीले मुसुक्क हाँस्दै भने–हामी दुबै जना सँगै आयौं, लाइनमा पनि सँगै बस्यौं र भोट पनि सँगै हाल्यौं । अब घरका परिवारलाई पालो दिन सँगै घर जान्छौं ।


भोट हाल्दा झुक्किनु भयो कि भन्ने प्रश्नमा उनले भने–कतै झुक्किएन, भोट मज्जाले हाल्यौं । मैलेजस्तै सबैले हालेको भोटको गणना होस् र सही उम्मेदवारले जितोस् ।
मकवानपुरमा कुल जनसंख्या ४ लाख २७ हजार ४ सय ९४ (पुरुष ५०.७५ प्रतिशत र महिला ४९.२५ प्रतिशत) रहेकोमा कुल मतदाता २ लाख २७ हजार ७ सय ५९ छन् । जसमध्ये पुरुष १ लाख १५ हजार ४ सय ८२, महिला १ लाख १२ हजार २ सय ७२ र अन्य ५ छन् ।


मकवानपुरमा आज हु“दै गरेको निर्वाचनमा मतदानस्थल १ सय ६४, मतदान केन्द्र २ सय ९५, २२ दलको राजनीतिक सहभागिता, मतदान केन्द्रमा खटिएका कर्मचारीको संख्या १ हजार ७ सय ४३ छ । यहा“ कुल उम्मेदवार २ हजार २ सय १३ छन् ।
मकवानपुरगढी गाउ“पालिकामा १ सय ५५ उम्मेदवार, ८ वटा वडा, २० मतदान केन्द्र र १४ हजार ३ सय ३० मतदाता, भीमफेदी गाउ“पालिकामा १ सय ८६ उम्मेदवार, ९ वटा वडा, १९ मतदान केन्द्र र १३ हजार ८ सय ४२ मतदाता, बकैया गाउ“पालिकामा २ सय ४७ उम्मेदवार, १२ वटा वडा, २६ मतदान केन्द्र र २० हजार ९ मतदाता छन् । बकैया गाउ“पालिका आज निर्वाचन हु“दै गरेका ३४ जिल्लाका गाउ“पालिकामध्ये तेस्रो ठूलो हो ।
मनहरी गाउ“पालिकामा २ सय ११ उम्मेदवार, ९ वटा वडा, २३ मतदान केन्द्र र १८ हजार ७ सय ४ मतदाता, बागमती गाउ“पालिकामा १ सय ९० उम्मेदवार, ९ वटा वडा, २३ मतदान केन्द्र र १५ हजार ७ सय ६१ मतदाता, इन्द्रसरोवर गाउ“पालिकामा ९६ उम्मेदवार, ५ वटा वडा, १४ मतदान केन्द्र र १० हजार २ सय ५ मतदाता, राक्सिराङ गाउ“पालिकामा १ सय ६५ उम्मेदवार, ९ वटा वडा, २१ मतदान केन्द्र र १२ हजार १ सय ३३ मतदाता, कैलाश गाउ“पालिकामा २ सय २ उम्मेदवार, १० वटा वडा, १९ मतदान केन्द्र र ११ हजार ५ सय ११ मतदाता छन् ।
हेटौंडा उपमहानगरका १९ वटा वडामा ४ सय ८८ उम्मेदवार, ९३ मतदान केन्द्र र ८३ हजार ५ सय ९७ मतदाता तथा थाहा नगरमा २ सय ७३ उम्मेदवार, १२ वटा वडा, ३७ मतदान केन्द्र र २७ हजार ६ सय ६७ मतदाता रहेको प्रशासनले जनाएको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरमा सबभन्दा बढी ४ सय ८८ उम्मेदवार र सबभन्दा कम इन्द्रसरोवर गाउ“पालिकामा ९६ उम्मेदवार स्थानीय तह निर्वाचनको चुनावी मैदानमा उत्रिएका छन् ।
निर्वाचनमा सुरक्षा तैनाथीतर्फ नेपाली सेनाका ६ सय ३०, नेपाल प्रहरी र म्यादी प्रहरी गरी २ हजार १ सय ५८ जना, सशस्त्र प्रहरीका ५ सय २६ जना र राष्ट्रिय अनुसन्धानका १० जना खटिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडीले बताए ।

प्रतिक्रिया दिनुहोस्