आज बुद्धजयन्ती, देशभर विविध कार्यक्रम गरी मनाइँदै


मनोज रेग्मी, काठमाडौ ।
वैशाख शुक्ल पूर्णिमाका दिन आज देशभर २५६१औँ बुद्ध जयन्ती भगवान् गौतम बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ ।

नेपालमा प्रत्येक वर्ष वैशाख पूर्णिमाका दिन राष्ट्रियस्तरमा बुद्धजयन्ती मनाउने गरीन्छ ।

भगवान गौतमबुद्धको अहिंसा तथा शान्तिको सन्देशलाई सर्बत्र पुर्याउने सन्देश लेखिएका प्लेकार्ड ब्यानरसहित विभिन्न वेषभूषामा सजिएका बौद्धमार्गीले आज सुनसरीमा विविध कार्यक्रम गरेर २५६१ औँ बुद्धजयन्ती समरोह मनाइदैँ छ ।

देशभर रहेका बौद्ध धर्मका प्रख्यात स्थानहरु लुम्बीनी, धरान, काठमाडौ, लगाएतका स्थानहरुमा धर्मालम्विहरुको निकै नै भिड लागेको छ । यता राजधानीमा स्थीत बौद्ध स्थुपामा भने विश्व शान्ती पुजाको आयोजना गरिएको छ । यसैगरी बुद्धको जनमस्थान लुम्विनीमा पनि विविध कार्यक्रमको आयोजना गरिएको छ ।

लुम्बिनीमा जन्मेका सिद्धार्थ गौतम बुद्धले बोधगयामा ७ दिन पानी मुनी तप्स्या गरी ज्ञान प्राप्त गरेका थिए । प्राप्त गरेको उक्त ज्ञानलाई सारनाथमा पाँचजना भिक्षुलाई उपदेश दिएर शुरु गरेको बौद्ध धर्म अहिले विश्वका प्रमुख धर्महरूमध्ये एक भएको छ ।

त्यसकारण आजको दिनलाई सबै बुद्ध धर्मालम्वीहरु महत्वपुर्ण दिन मान्दै आएका छन् ।

बुद्धजयन्तीले बुद्धको जन्म सन्दर्भको संकेत मात्र नभई उनले गरेका हरेक प्रकारका ज्ञानवर्दक कार्यलाई अझै गरिन्छ ।