जबरजस्ती चन्दा संकलनको विरोध


काठमाडौं, (नेस)
स्थानीय निर्वाचन कार्यक्रमको पूर्वसन्ध्यामा केन्द्रदेखि स्थानीय तहसम्मका उद्यमी व्यवसायीलाई चन्दा तथा आर्थिक सहयोगको चर्को दबाब भइरहको भन्दैे राष्ट्रिय व्यावसायिक पहलले आफ्नोे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

राष्ट्रिय व्यावसायिक पहलका महासचिव सुरेन्द्रवीर मालाकारले लामो समयदेखि चलेको द्वन्द्व, राजनीतिक अस्थिरता, नाकाबन्दीलगायत भुकम्पबाट सिथिल भएको मुलुकको अर्थतन्त्र र उद्योग व्यापारमा पर्न गएको नकारात्मक असरलाई एकातर्फ राखि लामो समयपश्चात सम्पन्न हुन लागेको स्थानीय निर्वाचनमा जबरजस्ती चन्दाको मारले उद्योग र व्यापार क्षेत्र नै प्रताडित हँुदै गर्दा सम्वन्धित निकायको ध्यानाकर्षण गराउन जरुरी रहेको जनाउनुभएको छ।

महासचिव मालाकारले आर्थिक पारदर्शिता, सुशासन र दिगो विकासको मान्यतामा आधारित रहि राष्ट्रिय व्यावसायिक पहलले आसन्न निर्वाचनमा स्वेच्छिक सहयोग र सद्भावबाहेक कुनै पनि किसिमले डर, त्रास, धम्कीको कारणले कुनै पक्षलाई पीडा दिन नहुने र आफूहरूले जबरजस्ती चन्दाको विरोध गर्दै आइरहेको बताउनुभयो।

राष्ट्रिय व्यावसायिक पहलको तर्फबाट सम्बन्धित निकायमा पहल गर्दै आएको र पछिल्लो समयमा राजनैतिक दल सम्बन्धी कानुनलाई एकीकरण गर्न बनेको विधेयक २०७२ को कार्यान्वयन र निर्वाचन आयोगले आचारसंहिता लगायत विविध किसिमले गरिरहेको नियमनलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको महासचिव मालाकारले बताउनुभयो।