लेमन प्रालिलाई फ्लेम अवार्डस्


काठमाडौं, (नेस)
अन्तर्राष्ट्रिय प्रतियोगीको सहभागिता भएको फ्लेम अवार्डस् २०१७ मा लेमन प्रालिले प्रतियोगिताकै सबैभन्दा धेरै ६ वटा अवार्ड जित्न सफल भएको छ।

२ गोल्ड, २ कास्य र २ रजतका साथै लेमनका प्रबन्ध निर्देशक उज्जवल शाक्यलाई फ्लेम लिडरसिप अवार्डस्द्वारा सम्मानित गरिएको थियो। नेपाली एजेन्सीले हालसम्म अन्तर्राष्ट्रियस्तरमा प्राप्त गरेको अवार्डमध्ये यो सबैभन्दा धेरै हो।

आरएमएआई फ्लेम अवार्डस् २०१७ र फ्लेम लिडरसिप अवार्डस्, जसले एसियाकै उत्कृष्ट कर्पोरेट र व्यक्तिगत ग्रामीण मार्केटिङ कार्यको पहिचान गर्दछ, रमाइलो मनोरञ्जनात्मक साँझमा गत हप्ता नयाँदिल्लीमा घोषणा गरिएको थियो। प्रतियोगीहरू भारत र अरू एसियाली राष्ट्रबाट सहभागी भएका थिए। प्रतियोगीलाई चार वटा मापदण्ड अवधारणा, गतिविधि, प्रवद्र्धन र परिणाममार्फत् मूल्याकंन गरिएको थियो।

मूल्याकंन समितिमा शीर्ष बजार व्यवस्थापक र उद्योगीहरूको सहभागिता थियो। तीन सयभन्दा बढी व्यापारी, कम्पनीहरू, सरकारी अधिकृत र प्रमुख ग्रामीण मार्केटिङ एजेन्सी प्रतिनिधिको प्रतियोगितामा सहभागिता थियो।