चट्याङमा परेर ७ घाइते


धनकुटा, (नेस)
धनकुटाको विभिन्न स्थानमा हावाहुरीसँगै छुट्टाछुट्टै स्थानमा परेको चट्याङ लागेर ७ जना घाइते भएका छन्।

चट्याङ लागेर खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिका, चौविसे गाउँपालिका र साँगुरीगढी गाउँपालिकामा गरी ८ जना घाइते भएका छन। चट्याङ लागेर खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिका–७ का डगेन्द्र राई, मन्दिरा राई र अभिषेक राई घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी सुदिप राजभण्डारीले बताउनुभयो। घाइते तीनै जनाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

त्यस्तै चौविसे गाउँपालिका–३ मा मंगलबार दिउँसो चट्याङ लागेर भक्तिकुमारी लिम्बू, गगांबहादुर लिम्बू राधिका भण्डारी घाइते भएका छन्।
साँगुरीगढी गाउँपालिकाका दलबहादुर लिम्बू पनि घाइते भएको प्रहरीले बताएको छ। चट्याङ लागेर लिम्बूको आँखामा चोट लागेको छ।