निर्वाचन परिचालन कमिटी गठन


काठामाडौं, (नेस)
नेकपा एमालेले महानगरपालिकाको निर्वाचनका लागि ३२ वटै वडामा निर्वाचन परिचालन कमिटी र बुथ कमान्डर तोकेको छ।

महानगरका मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यलाई जिताउन बुथ कमान्डर तोकिएको एमाले पोलिटब्युरो सदस्य एवं उपत्यका इन्चार्ज सानु श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार संयोजकसहित तीनदेखि ८ जनासम्म सदस्य रहेका छन्।

जसअनुसार सांसद रामवीर मानन्धर १६ बालाजु, वडा नं. १ नक्साल अनिल मानन्धर, वडा नं. २ लाजिम्पाटमा किशोर श्रेष्ठ (ज्याक), वडा नं. ३ महाराजगन्ज ध्रुवराज पाण्डे, वडा नं. ४ विशालनगर, धुम्बाराहीमा हरि अधिकारी, वडा नं. ५ हाडिगाउँ, सिफल वीरेन्द्र प्रजापति, वडा नं. ६ बौद्ध बसन्त लामा वडा नं. ७ चाबहिल टीका पराजुली,वडा नं. ८ जयबागेश्वरी, कुमारीगाल विनोद रिमाल वडा नं. ९ पुरानो बानेश्वर, सिनामंगल राजेन्द्र सिपाई वडा नं.१० बानेश्वर, बुद्धनगर विष्णु भुषाल वडा नं. ११ थापाथली, त्रिपुरेश्वर मित्रलाल थोकर वडा नं. १२ टेकु, श्याम शाही वडा नं. १३ कालिमाटी रामेश्वर पौडेल, वडा नं. १४ कलंकी ओम थपलिया वडा नं. १५ डल्लु अमर रंजित तोकिएको जनाइएको छ।