लोकतन्त्र जोगाउन एमाले आवश्यक ः नेपाल

0
Shares

 

काठमाडौं, (नेस)
नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रजातन्त्र र लोकतन्त्र जोगाउन एमाले आवश्यक भएको बताउनुभएको छ।

नेकपा एमाले प्रचार विभागको आयोजनामा मंगलबार भएको नियमित पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ नेता नेपालले निर्वाचनको माहोल एमालेका पक्षमा देखिएपछि कांग्रेस माओवादी अनेक षड्यन्त्रमा लागेको बताउनुभयो।

उहाले भन्नुभयो– ‘पहिले चुनाव नै नगर्ने पक्षमा सत्ता पक्ष देखिएको थियो भने एमालेको मंसिरअगाडि देखिकै पहल र दबाबका कारण चुनाबको मिति घोषणा गरियो तर अहिले आएर मत गणनाका बारेमा अनेक विवाद सिर्जना गरेर षड्यन्त्र गर्न खोजिएको छ।

बरिष्ठ नेता नेपालले ५ वटा विषयमा सरकारले तत्काल निर्णय गर्न आवश्यक भएको बताउनुभयो। निर्वाचनबाट आउने जनप्रतिनिधिको मतभार तय गर्ने ऐन बनाउनुपर्ने, प्रदेशसबन्धी ऐन पनि बनाउनुपर्ने, निर्वाचन क्षेत्र निर्धारण र प्रदेश क्षेत्र निर्धारण गर्ने आयोग पनि यथाशीघ्र बनाउनुपर्ने कुरामा जोड दिनुभएको छ।

एमाले पूर्णप्रजातन्त्रको पक्षमा रहेको भन्दै बरिष्ठ नेता नेपालले एमाले राष्ट्रिय पहरेदार रहेको स्पष्ट पार्नुभयो।