हाम्रो सम्बन्ध विल्कुल सामान्य होइन ः ब्रिजिट


पेरिस (एजेन्सी)
फ्रान्सका नव निर्वाचित राष्टपति इम्यानुएल म्याक्रोंसँग सोमबार मन्चमा पत्नी देखिएपछि पुरै भिडले उनको नाम ‘ब्रिजिट, ब्रिजिट‘ लिँदै चिच्याएर स्वागत गरेका थिए ।

उनी इम्यानुएलकी पत्नी हुन तर उनीहरुको यो सम्बन्ध सामान्य भने होइन् ।

ब्रिजिट आफैँले पनि विवाहकै दिनमा भनेकी थिइन्– यो बिल्कुल सामान्य घटना होइन । यो जोडी बिल्कुल आम होइन । मलाई यो बिशेषण खासै मनपर्दैन । तर यो त्यो जोडी हो जसको अस्तित्व छ ।

म्याक्रो र उनकी पत्नीको उमेर २४ बर्षको फरक छ । अमेरिकी राष्टपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया बीच उमेरको फरक पनि त्यति नै हो । तर म्याक्रोंको मामिलामा पत्नीको उमेर बढी हो ।

म्याक्रों ३९ बर्षका हुन् भने ब्रिजिट ६४ बर्षका हुन् ।

चुनावको प्रसंगमा एउटा किताबमा ब्रिजिटले भनेकी थिइन्– उनले २०१७ मा नै यो चुनाव लड्नु आवश्यक छ, किनभने सन् २०२२ सम्ममा मेरो अनुहार उनका लागि समस्या बनिसक्ने छ ।

म्याक्रो र ब्रिजिटको अनौठो प्रेम
फ्रान्सका नव निर्वाचित राष्टपति इम्यानुएल म्याक्रोको प्रेम वास्तव मै अनौथो हो ।

ती जोडी बीचको प्रेम कहानी त्यतिबेला सुरु भयो जब इम्यानुएल १५ बर्षका मात्र थिए । उ किसोरै थिए तर परिपक्व बुद्धिजिवी जस्तो देखिन्थे । उत्तरी फ्रान्सको एमिएन्स सहरमा जेसुएट स्कुलमा पढिरहेका इम्यानुएल सानै उमेरमा मेधावी मानिएका थिए ।

स्कुलमा म्याक्रोसँगै ब्रिजिटकी छोरी लरेन्सपनि पढ्थिन । एक दिन लरेन्सले घरमा आमासँग उनको कक्षामा पढ्ने इम्यानुएललाई सबै आउने बताएकी थिइन् ।

त्यतिबेला ३९–४० बर्षकी ब्रिजिट लरेन्सको स्कुलमा ड्रामा शिक्षक थिइन् । २० बर्षको उमेरमा एक स्थानिय बैंकरसँग विवाह भइसकेकी व्रिजिट ३ वटा बच्चाका आमा थिइन् ।

आफनी छोरीको कुराबाट प्रभावित भएर ब्रिजिटले म्याक्रोसँग भेट्ने मन गरिन् । स्कुलको एउटा नाटक मण्डलीका सदस्य म्याक्रो एउटा नाटक प्रदर्शनीका क्रममा ब्रिजिटको आँखामा परेका थिए ।

ब्रिजिट म्याक्रोले एक फ्रेन्च बृत्तचित्रमा भनेकी थिइन– उ अन्य जस्तो थिएन । उ किसोर पनि थिएन । अन्य वयस्कसँग उनको सम्बन्ध बराबर थियो ।

एक दिन म्याक्रो नाटक लेख्नकालागि ब्रिजिटकोमा पुगेका थिए । उनीहरु बीच मिलेर लेख्ने कुरा भयो र ब्रिजिटले स्विकृति दिएपछि हरेक शुक्रबार उनीहरुबीच भेट हुन थाले ।

यो धरै समय नचल्ने जस्तो लागेपनि विस्तारै आफु इम्यानुएलको बुद्धिमतासँग प्रभावित भएको ब्रिजिटले बताएकी थिइन् ।

पेरिस म्याचलाई दिएको एक अन्तरवार्तामा ब्रिजिटले भनेकी थिइन– म यो सम्बन्धमा विस्तारै बिस्तारै बाँधिदै गए र उ पनि । यो कुरा छिट्टै म्याक्रोको घरसम्म पुग्यो । उनका माता पिता स्तब्ध बने किनभने उनीहरुले म्याक्रोको मित्रता लरेन्स (ब्रिजिटकी छोरी)सँग हो भन्ने लागेको थियो ।

त्यसपछि म्याक्रोका मातापिताले उनलाई एमिएन्सबाट बाहिर पेरिस पठाउने फैसला लिएका थिए ।

म्याक्रोको जीवनी ‘इम्यानुएल म्याक्रो– अ परफेक्ट यंग म्यान‘ लेखिसकेकी एनी फल्डाले उक्त किताब लेख्ने क्रममा म्याक्रोका मातापितासँगपनि कुरा गरेकी थिइन् ।

फल्डासँगको कुराकानीमा म्याक्रोकी आमाले भनेकी थिइन्– हामीले त विश्वासै गर्न सकिन । त्यसैपनि इम्यानुएल र ब्रिजिटबीचको रोमान्सलाई हामी महान पनि भन्न सक्दैनथ्यौं ।

छोराको चिन्तामा मातापिताले ब्रिजिटसँग भेटेर आफनो छोराबाट टाढा रहन पनि सल्लाह दिएका थिए । तर ब्रिजिटले उनीहरु दुबैलाई स्पष्ट शब्दमा भनेका थिए– म तपाइहरुलाई कुनै बचन दिन सक्दिन ।

१८ बर्ष भन्दा कम उमेरका इम्यानुएलसँगको सम्बन्धलाई लिएर उनका मातापिताले ब्रिजिट विरुद्ध कुनै कानुनी उजुरी हाल्न चाहेनन् । १६ बर्षको उमेरमा म्याक्रोले एमिएन्सको स्कुल छोडेर पेरिसमा पढाइ सुरु गरे ।

तीन दिनका बारेमा ब्रिजिटले भने – हामी एक अर्कालाई फोन गर्थेँ र घन्टौसम्म फोनमा कुरा गर्थेँ । विस्तारै विस्तारै उसले मेरो हरेक विरोधलाई परास्त गरे ।

इम्यानुएलले १७ बर्षको उमेरमा नै ब्रिजिटसँग विवाह गर्ने फैसला गरेको गत बर्ष दिएको एक अन्तरवार्तामा ब्रिजिटले बताएकी थिइन् ।

करिब २४ बर्ष अगाडी सुरु भएको यो प्रेमले विवाहको स्वरुप लिन दश बर्ष अगाडी मात्रै सम्भव भयो ।

ब्रिजिटका पहिलो पति आन्ड्रे लुइस एक बैंकर थिए । दुईजनाको सम्बन्धपछि आन्ड्रेसँग ब्रिजिटको सम्बन्ध धेरै दिन तिक्न सकेन । ती दुईबीच सन् २००६ मा सम्बन्ध विच्छेड भएको थियो । सन् २००७ मा ती दुइबीच विवाह भयो ।

इम्यानुएल र ब्रिजिटको कुनै सन्तान छैन । तर इम्यानुएल ब्रिजिटका पुर्वपतिबाट पाएका तीन सन्तानका पिता र ७ बच्चाका हजुर बुबा बनेकाछन् । ब्रिजिटका छोराको उमेर इम्यानुएलको भन्दा दुई बर्ष बढी छ ।