अनशनकर्ताले खाएको गोप्य भिडियो सार्वजनिक


जेरुसेलम,(एजेन्सी)

इजरायलको कारागार सेवाले प्यालेस्टाइनी कैदीहरुले चलाउँदै आएको तीन साता लामो भोक हडतालमा भाग लिइरहेका एकजना नेता खाना खाँदै गरेको भिडियो सार्वजनिक गरेको छ ।

उक्त सेवाले मार्वान बार्घोटी नामक ति नेताले लुकेर २७ अप्रिलमा कुकिज र ५ मेमा स्न्याक बार खाएको जनाएको छ ।
हार्रेत्ज नामक अखवारले उनले सो खाना कसरी प्राप्त गरे भन्ने खुल्न नसकेको जनाएको छ । बार्घोटीकी पत्नीले भने भोक हडतालमा सहभागीहरुको बेइज्जत गर्ने उद्देश्यले नक्कली फुटेज तयार पारिएको दावी गरेकी छिन् ।

इजरायली कारागारको अवस्था खराव रहेको भन्दै गत १७ अप्रिलदेखि ८ सय ९० जना भन्दा बढि कैदीले खाना बहिष्कार गर्दै आएका छन् ।

तिनीहरुले राम्रो स्वास्थ उपचार , पटक पटक परिवारसंग भेटन पाउने सुविधा र मुद्धा नचलाइकन थुन्न नपाइने माग अघि सारेका छन् ।

इजरायल कारगार सेवा आइतवार सन् २००४ मा इजरायली अदालतद्वारा पाँचवटा हत्याको अभियोग लगाएका ति बाघोटीले लुकेर खाना खाँदै गरेको नौ मिनेट लामो भिडियो रिलिज गरेको हो ।

२७ अप्रिलको पहिलोभागमा उनले शौचालयमा बसेर ढोका थुन्नु अघि एउटा सेतो खाम खोलेर त्यसभित्रको वस्तु हेरेको देखिन्छ ।
उनले केहेरेको भन्ने स्पष्ट नभए पनि सेवाले त्यसभित्र कुकिज रहेको दावी गरेको छ । त्यसैगरी ५ मेको दोश्रो भागमा उनलाई नै अर्को खाम खोलेर शौचालय तर्फ गएको देखइएको छ ।

तर यसमा भने शौचालयको ढोका खुलै रहेकाले उनले खामबाट केहि चिज निकालेर टुक्रा पारी मुखमा राखेको देखिएको छ । उक्त वस्तु चकलेट बार भएको बताइएको छ ।